10 Ashwin, 2077 | September 26, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

गठबन्धनको आन्दोलन औचित्यहीनःसंचारमन्त्री

(0 votes)
काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय गठबन्धनले आफ्नो माग पूरा गर्न दबाब दिन सुरु गरेको सिंहदरबार केन्द्रित आन्दोलनलाई सरकारले औचित्यहीन बताएको छ। संचारमन्त्री एवं सरकारका प्रवक्ता शेरधर राईले नागरिकन्युजसँग कुरा गर्दै जनता सहभागी नभएको आन्दोलनको कुनै तुक नभएको बताएका हुन्।
nepali-patro-may
उनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सरकारले संविधान संशोधन गरेको तथा सीमाकंनलगायतका विवादित विषयमा सहमति जुटाउन राजनीतिक संयन्त्र गठन गरिसकेको भन्दै सरकारले सबै समस्याको समाधान वार्ता र संवादमार्फत नै गर्न खोजेको बताए। 'अहिले सुरु गरिएको आन्दोलनको औचित्य र कुनै तुक छैन,' संचारमन्त्री राईले भने, 'आफैंलाई हानी हुने आन्दोलन गरेर गठबन्धनका साथीहरुले जनतालाई दुख दिनेकाम मात्र गर्नुभएको छ।' अहिलेको आन्दोलनबाट आन्दोलनकारीले केही नपाउने उनको भनाइ छ। उनले प्रधानमन्त्रीले बारम्बार आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको भन्दै प्रधानमन्त्रीको आग्रहलाई बेवास्ता गर्नु उचित नहुने बताए। 'प्रधानमन्त्रीले बारम्बार वार्तामा आउन आग्रह गर्नुभएको छ,' उनले भने,'मधेसी मोर्चालाई वार्तामा आउन सरकारले औपचारिक पत्र पठाइसकेको छ। अब आन्दोलनरत पक्ष वार्तामा आएर समस्याको समाधान गर्नुपर्छ।'

जनताका दुई तिहाई प्रतिनिधिले बनाएको संविधान अस्विकार गर्ने र त्यसलाई बाधा गर्ने काम उचित नभएको भन्दै संचारमन्त्री राईले विगतमा तराईमा भएको लामो आन्दोलन र नाकाबन्दीसमेत सरकारले देखिसकेकाले अहिलेको आन्दोलनको कुनै औचित्य नभएको जिकिर गरे। 'विगतमा तराई केन्द्रित आन्दोलन र नाकाबन्दी पनि हामीले देखेकै हो,' उनले भने,'सरकारले वार्ता र संवादमार्फत नै समस्याको समाधान गर्ने भएपछि आन्दोलन रोकिएको थियो। अहिले पनि असन्तुष्ट पक्षमा मागमा छलफल गर्न सरकार तयार छ। वार्तामार्फत नै सकै विषयको निकास खोज्न सकिन्छ।'

उनले राजनीतिक संयन्त्रको संयोजकप्रति आन्दोलनरत पक्षलाई आपत्ति भए संयोजक फेर्न सरकार तयार रहेको तर त्यसका लागि संयोजक फेर्नपर्नाको कारण दिनसक्नुपर्ने बताए। 'के के कारणले राजनीतिक समितिको संयोजक फेर्नुपर्ने हो त्यसको कारण दिनुपर्छ सरकार संयोजक फेर्नपनि तयार छ,' उनले भने,'निहु खोज्ने र कुतर्क गरेरमात्र समस्याको समाधान हुँदैन।' उनले अहिले जस्तोसुकै आन्दोलन गरेपनि पछाडि फर्कनुको विकल्प आन्दोलनकारीसँग नरहेको दाबी गरे। उनले सरकार वार्ताका लागि निरन्तर प्रयास गर्ने उल्लेख गर्दै वार्ता र संवादलाई बेवास्ता गर्दै आन्दोलनका नाममा जनतालाई दुख दिने काम भइरहे सरकारले पनि त्यसै अनुसारको व्यवहार गर्ने जनाए।

प्रतिक्रिया

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।