Wednesday 5 Kartik, 2077 | October 20, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

(0 votes)
माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।

nepali-patro-may
बिहान नौ बजेदेखि सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलामा २९ दलीय सङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताले धर्ना दिएका थिए।

सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरी बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी आन्दोलनकारीलाई अघि बढ्न नदिने गरी तयारी अवस्थामा तैनाथ थिए। आन्दोलनकारीले झण्डासहित नारा लगाई माग पूरा हुनुपर्ने माग गरे।

धर्नामा गठबन्धनका नेता उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ल, राजकिशोर यादव, अशोक राई, अनिल झा, परशुराम तामाङ, कुमार लिङ्देन, कुमार राई, वृशेषचन्द्र लाललगायत सहभागी थिए।

घेराउले सो क्षेत्रमा भएको यातायात अवरुद्धका कारण यात्रु पैदलै गन्तव्यमा जान बाध्य थिए। तराई मधेस लोकतान्त्रिक पार्टीका महासचिव सर्वेन्द्रनाथ शुक्ल संविधानमा भएका त्रुटि हटाएर संविधान संशोधन नगरेसम्म आन्दोलन जारी रहने बताउँछन्। 'मधेसको आन्दोलन साम्प्रदायिक हो भन्ने भ्रम चिरी शान्तिपूर्ण तबरले माग पूरा गराउने उद्देश्यले सिंहदरबार केन्द्रित धर्ना सुरु गरेका हौँ, माग पूरा नभएसम्म धर्ना जारी रहन्छ', उनले भने।

गत असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि प्रदेश सीमाङ्कनको विषयलाई लिएर असन्तुष्ट मधेस केन्द्रित दलले सुरुमा नेपाल–भारत सिमानामा आन्दोलन गरेका थिए। सिमानाको आन्दोलनले अत्यावश्यक वस्तुको आपूर्तिमा असहज भयो। त्यसपछि जनताको दैनिकीमा कठिनाइ भएको भन्दै गठबन्धनले सिंहदरबार केन्द्रित आन्दोलन गरेको हो।

धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै गठबन्धनका नेता अशोक राई, गोपाल दहित, मगरातका नवीन रोक्का, नेवा देय् दबूःका अध्यक्ष नरेश ताम्राकारलगायतले माग पूरा नभएसम्म काठमाडौँ केन्द्रित आन्दोलन जारी रहने बताए। रासस

प्रतिक्रिया

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।