Wednesday 29 Ashwin, 2076 | October 16, 2019
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

विस्तारै भ्रम चिरिन्छ : ओली

(0 votes)
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो सम्पादक चन्द्रशेखर कार्कीलाई प्रदान गर्दै प्रधानमन्त्री ओलीले एमालेको विरोधमा समाचार लेख्नेलाई समेत पुरस्कृत गर्ने बताए। कार्यक्रममा पुरस्कृत पत्रकार कार्कीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'चन्द्रशेखरजी क्यामेरामा नयाँ ब्याट्री राखेर हिँड्नुहोला, केही समयपछि हामी काम गरेको गर्यै हुन्छौं, तपाईं फोटो खिचेको खिच्यै हुनुहुन्छ।'

nepali-patro-may
कार्यक्रममा ओलीले प्रधानमन्त्री भएपछि खासै काम गर्न नसकेको र भ्रम चिर्न पनि नसकेको भने स्विकारेका थिए। 'अहिले काम पनि देखाउन सकेका छैनौं र भ्रम पनि चिर्न सकेका छैनौं,' ओलीले भने, 'अलिपछि काम पनि हुन्छ, भ्रम पनि चिरिन्छ।'

नीति तथा कार्यक्रमले त्यसतर्फ संकेत गरेको जनाउ दिँदै उनले बजेटमा अझै व्यापक कार्यक्रम आउने बताए। 'नीति तथा कार्यक्रम सार्वजनिक भएपछि केही मानिसलाई छटपटी भएको छ,' ओलीले भने, 'काम सुरु भएपछि एमालेविरुद्ध लेख्न हात पनि चल्ने छैन।'

पुरस्कृत कार्कीले एमालेनिकट नभए पनि आफ्नो योगदान हेरर पुरस्कार दिइएकोमा खुसी व्यक्त गरे।

'सुरुमा पुरस्कार दिने निर्णय भयो भन्ने सुन्दा विश्वास नै लागेको थिएन, श्रीमतीलाई भनें, उनले अरुलाई सुनाउन लागिन् तर मैले रोकें,' पुरस्कार ग्रहणपछि कार्कीले भने, 'आधिकारिक विज्ञप्ति नै आएपछि भने पत्याएँ।'

आफू प्रजातन्त्रवादी भएको बताउँदै कार्कीले मानिसहरूले कांग्रेसनिकट भन्ने गरे पनि कुनै पार्टीको सदस्य नभएको बताए। एमाले प्रचार विभागले गत वर्ष स्थापना गरेको पुरस्कार यसपटकबाट प्रदान गर्न लागेको हो। साहित्यकार नारायण ढकाल संयोजकत्वमा वासुदेव अधिकारी र नेपाल पत्रकार महासंघका पूर्वसभापति शिव गाउँले सदस्य रहेको छनोट समितिको सिफारिसमा कार्कीलाई पुरस्कार दिइएको हो।

पुरस्कारको राशी ५१ हजार रुपैयाँ छ। पुरस्कारबाट प्राप्त रकम कार्कीले आफूले निकाल्न लागेको मदन भण्डारीको फोटो संग्रहका लागि खर्च गर्ने बताए। कार्यक्रममा प्रचार विभाग प्रमुख योगेश भट्टराईले फोटो संग्रह प्रकाशनमा कार्कीलाई आवश्यक सहयोग गर्ने जानकारी दिए।

प्रतिक्रिया

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।