Sunday 1 Bhadra, 2076 | August 18, 2019
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

(0 votes)
आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव
काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीरतापूर्वक हेरेका छन्,' गठबन्धन नेतृत्वमा आइतबार गरिएको सिंहदरबार घेराउ कार्यक्रममा यादवले भने, '७० प्रतिशतभन्दा बढी जनताको समर्थन रहेको आन्दोलनले सरकारलाई सोच्न बाध्य बनाएको छ।' जारी आन्दोलन निरन्तर रहने पनि उनले बताए।


nepali-patro-may
गठबन्धनले आइतबार माइतीघर र बिजुलीबजारबाट सिंहदरबार घेराउ गरेको थियो। माइतीघरतर्फको नेतृत्व यादवले गरेका थिए भने बिजुलीबजारतर्फ नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा घेराउ कार्यक्रम राखिएको थियो। बिजुलीबजारतर्फ १२ वटा दल र माइतीघरतर्फ १७ वटा दलले साथ दिएका थिए।

यादव नेतृत्वमा माइतीघर मण्डलातर्फ संसदमा प्रतिनिधित्व नगर्ने पहाडी मूलका आदिवासी, जनजाति र थारूहरूको सहभागिता थियो।

महतो नेतृत्वको घेराउ कार्यक्रममा मोर्चाआवद्ध नेतामध्ये तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झालगायत नेताको सहभागिता थियो।

'जबसम्म अधिकार प्राप्त हुँदैन, तबसम्म आन्दोलन जारी रहन्छ,' महतोले घेराउ कार्यक्रममा भने, 'आन्दोलनको स्वरूप परिवर्तन गरेर निरन्तर मैदानमा रहनेछौं।' उनका अनुसार काठमाडौंकेन्द्रित पहिलो चरणको आन्दोलन समाप्त भए पनि दोस्रो चरणबाट जारी रहनेछ। सरकारी कार्यालय, राजमार्ग र नाका अवरोध फेरि पनि गर्नु नपरोस् भन्ने हेतुले आन्दोलनलाई काठमाडौंकेन्द्रित गरिएको उनको भनाइ थियो।

गठबन्धनको उक्त कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको भने उपस्थिति थिएन। ठाकुर दिल्लीमा उपचाररत छन्। बिरामी भएर उनी दिल्लीमा रहेपछि उक्त पार्टीको तर्फबाट नेतृत्व उपाध्यक्ष बृषेशचन्द्र लालले गरेका थिए। दिनभर प्रदर्शनमा उत्रिएका गठबन्धन कार्यकर्ताले बा१झ ३६१० नम्बरको सरकारी गाडी तोडफोडसमेत गरेका छन्।

घेराउ सोमबार पनि

संघीय गठबन्धनले सिंहदरबार घेराउ कार्यक्रमलाई सोमबार पनि निरन्तरता दिने भएको छ। संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा आइतबार सा"झ बसेको गठबन्धन बैठकले यो निर्णय गरेको हो। 'हामीले आइतबारको प्रदर्शनको समीक्षा गरेर आन्दोलनलाई थप सशक्त र प्रभावकारी तरिकाले लैजाने निर्णय गरेका छौ,' सद्भावना अध्यक्ष राजेन्द्र महतोले नागरिकस"ग भने।

उनले राजधानीबाहिरबाट आउन लागेका आन्दोलनकारीलाई सरकारले रोकेको उल्लेख गर्दै भने, 'त्यसैले आइतबारको प्रर्दशन अपेक्षा गरेअनुरुप भएन।' सोमबारको कार्यक्रममा हजारौं संलग्न हुने उनले दाबी गरे। 'आजको कार्यक्रमको समीक्षा हुदाँ पूर्ण रूपले आन्दोलन सफल रहेको र सोमबारको आन्दोलन प्रभावकारी र सशक्त ढंगले गर्ने तयारी रहेको महतोले प्रष्ट पारे।

प्रतिक्रिया

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।