Wednesday 29 Ashwin, 2076 | October 16, 2019
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

(0 votes)
चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण
काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।
nepali-patro-may
गृह प्रवक्ता सहसचिव यादवप्रसाद कोइरालाले आन्दोलनमा प्रदर्शनकारीको मानव अधिकारको पूर्ण रक्षा गर्दै सजग र संयमित भएर खटिएका सुरक्षाकर्मीका कारण प्रदर्शन शान्त भएको बताए। उनले केही स्थानमा सुरक्षाकर्मीमाथि बोतल प्रहार भए पनि सुरक्षाकर्मीले संयम भएर स्थिति नियन्त्रणमा लिएको बताए।

'सुरक्षाकर्मीलाई संयमित र सजग रहेर क्षेत्रमा खटिन निर्देशन भएको छ, आइतबार सोही अनुसार काम भएको हो,' कोइरालालले भने। आन्दोलनकारीकै हाराहारीमा परिचालित सुरक्षाकर्मी र एकीकृत सुरक्षा रणनीतिको पूर्ण कार्यान्वयनले आन्दोलन शान्तिपूर्ण भएको उनको भनाइ छ। न्यूनतम बल प्रयोगको सिद्धान्तअनुसार सुरक्षाकर्मी खटिएको उनले बताए।

सिंहदरबार घेराउको सुरक्षा कमान्ड नेतृत्व गरिरहेका गृहमन्त्री शक्ति बस्नेत, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आन्दोलनपूर्व आफू मातहत सुरक्षाकर्मीलाई दिएको ब्रिफिङले सुरक्षा निकाय मानवअधिकार र मिडियाप्रति पूर्ण सचेत रहेको पुष्टि गरेको मन्त्रालयको दाबी छ। प्रहरी महानिरीक्षक अर्यालले बिहीबार महानगरीय प्रहरी कार्यालयमा गरेको सुरक्षा ब्रिफिङमा प्रदर्शनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी र मिडियाको सहभागिता रहने भएकाले अन्तर्राष्ट्रिय रिमोट कन्ट्रोल मेकानिज्म कार्यान्वयन गर्न निर्देशन दिएका थिए। उनले प्रदर्शन रोक्न प्रयोग गरिने आधुनिक उपकरण काठमाडौंकेन्द्रित रहेकाले समेत त्यसको अधिकतम प्रयोगपछि मात्र न्यूनतम बलको प्रयोग गर्न निर्देशन दिएका हुन्।

'प्रदर्शनमा खटिने प्रहरीका लागि सोहीअनुसार तालिम र निर्देशन हुने गर्छ, फिल्ड कमान्डरलाई सम्पूर्ण कुरामा सचेत, सजग र चनाखो रहन भनेका हौं,' प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले नागरिकसँग भने। उनले उपत्यकासहित देशभर कुनै घटनाको जानकारी आफूलाई प्राप्त नभएको बताए।

दस वर्षे सशस्त्र युद्धको पृष्ठभूमिबाट आएका गृहमन्त्री बस्नेत र जनआन्दोलन २०६३ मा मानवअधिकार हनन आरोप खेप्दै आएका सशस्त्र प्रहरी महानिरीक्षक राई दुवैले प्रदर्शनमा बल प्रयोगको स्थिति नआओस् भन्नका लागि आफूमातहत निकाय र अधिकारीलाई प्रदर्शनको एक सातादेखि दिनहुँ सचेत गराउँदै आएका थिए। काठमाडौंकेन्द्रित आन्दोलनलाई भड्काएर जनमत जुटाउने र बल प्रयोग भए अन्तर्राष्ट्रियकरण गर्ने प्रदर्शनकारीको योजनाका कारण समेत सुरक्षा निकायदेखि प्रधानमन्त्री कार्यालयसम्मले आन्दोलनको सुरक्षा रणनीतिमा चासो राखेको थियो।

'हामीलाई कानुनले निर्देश गरेका अधिकार र जिम्मेवारी पूर्ण रूपमा पालना गर्न/गराउन हाम्रो प्रयास रहेको छ,' सशस्त्र प्रहरी प्रवक्ता डिआइजी शैलेन्द्र खनालले भने। 'मानव अधिकारको रक्षा र न्यूनतम बल प्रयोग हाम्रो सिद्धान्त नै हो।'

प्रदर्शनकारीकै हाराहारी सुरक्षाकर्मी
गृह मन्त्रालयलाई कमान्ड सेन्टर बनाएर जिल्ला सुरक्षा समितिमा रहने चारै सुरक्षा निकाय र उपत्यकामा रहेका सबै हाइकमान्ड अर्लट रहँदा प्रदर्शन शान्तिपूर्ण भएको सुरक्षा निकायको बुझाइ छ। सिंहदरबार घेराउ कार्यक्रमका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी करिब २ हजार २ सय सुरक्षाकर्मी प्रदर्शनस्थलसहित उपत्यकाका नाकामा खटिएका थिए। गृहलाई प्राप्त सूचनामा अनामनगर हनुमानस्थानमा मोर्चाका नेतासहित पाँचसय र माइतीघर मण्डलामा दुई हजार प्रदर्शनकारी आन्दोलनमा सहभागी थिए। सुरक्षा निकायले पोसाकधारी बाहेक ठूलो संख्यामा सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको थियो।

प्रमाण जुटाउन भिडियो टिम
प्रदर्शनमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनक्रममा हुने घटना र त्यसपछिका आरोपबाट बच्नका लागि कुनै पनि घटनाको भिडियो रेकर्ड लिन मातहत फिल्ड कमान्डरलाई निर्देशन दिएको छ। प्रहरी र प्रदर्शनकारीबीच हुने भनाभन र हानाहानसम्मका घटनाको भिडियो रेकर्ड आइतबारको प्रदर्शनमा अनिवार्य नै गरिएको थियो।

'भोलि कसैले कुनै आरोप लगाए हामीसँग पनि त प्रमाण हुनुपर्योक, फिल्डमा खटिएका सुरक्षाकर्मीको दोष देखिए कारबाही गर्नसमेत सहज हुने भएकाले टिम खटिएको छ,' गृह प्रवक्ता कोइरालाले भने।

एउटा गाडी तोडफोड
संघीय गठबन्धनको सिंहदरबार घेराउमा आइतबार नापी विभागको बा१झ ३६१० नम्बरको बोलेरो जिपको पछाडिको सिसा तोडफोड भएको छ भने माइतीघरमा निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केही समय घम्साघम्सी परेको थियो। प्रहरीले आइतबारको प्रदर्शनमा कसैलाई पनि नियन्त्रणमा नलिएको जनाएको छ। यस्तै प्रदर्शनकारीका साथबाट २ सय ८५ थान लट्ठी बरामद गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दले प्रहरीले कुनै पनि नाकामा कसैलाई अवरोध नगरेको स्पष्ट पारे। 'कतै पनि केही भएको छैन, सबै शान्तपूर्ण भयो, कसैलाई नियन्त्रणमा लिनुपरेन,' उनले भने।

प्रतिक्रिया

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।