Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

नेपालको पुनर्निर्माणमा सघाउन नायव महासचिवको आग्रह

(0 votes)
नेपालको पुनर्निर्माणमा सघाउन नायव महासचिवको आग्रह
सिन्धुपाल्चोक-संयूक्त राष्ट्र संघका नायव महासचिव जान एलियासनले नेपालको पुनर्निर्माणमा सघाउन अन्तराष्ट्रिय जगतलाई आग्रह गरेका छन्। गत वर्ष वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकको आइतबार अवलोकन भ्रमण गर्दै उनले विपत्तिमा सबै एकै ठाउँमा जुट्नुपर्ने बताए।


nepali-patro-may
'यस्तो बेलामा एउटा निकायको मात्र भर पर्नु हुँदैन,' जिल्ला दैवी प्रकोप उद्दार समितिका पदाधिकारी र एनजिओ/आइएनजिओका प्रतिनिधिसँग छलफल गर्दै उनले भने, 'दातृ निकाय, यहाँको सरकार, गैरसरकारी संस्था, नीजि क्षेत्र सबै मिलेर योगदान गर्न सकौँ।' उनले नेपालका भूकम्प पीडितको पक्षमा संयूक्त राष्ट्र संघ रहेको सन्देश दिन आफू आएको बताए।

भूकम्प पीडित भेटेर आफू भावह्विल रहेको उल्लेख गर्दै उनले नेपालीले भोगेका पीडिा र समस्या राष्ट्र संघ मुख्यालयमा पुर्याफउने बताए । 'छिट्टै इस्लामाबुलमा अन्तर्राष्ट्रिय मानवीय सहायता हुँदैछ । त्यहाँ पनि म नेपालको समस्या राख्ने छु,' उनले भने । नेपालीले भोगेको बिपत्ति अनुभवलाई अन्तर्राष्ट्रियकरण गर्नु जरुरी रहेको उनले औँल्याउँदै उनले थपे, 'आगामी दिनका लागि नेपाल अनुभव विश्वलाई सिकाइ हुनेछ ।'

विपदग्रस्त मुलुकको अनुभव सुनाउँदै नायव महासचिव एलियासनले त्यस्तो बेलामा दुखाइ कम गर्ने प्रक्रिया निकै लामो हुने गरेको बताए । 'सामूहिक प्रयासबाट मात्र दुखाइ कम गर्न सकिने रहेछ,' नेपालको दुःखमा साथ दिन पुनः आग्रह गर्दै उनले भने । उनले नेपालको पुनर्निर्माणले छिट्टै गति लिने विश्वाससमेत व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले भूकम्पले सिन्धुपाल्चोकमा पुर्याएको क्षति र सुरुदेखि हालसम्म पीडितका पक्षमा भएका कामबारे जानकारी गराएका थिए। उनले विपत्तिमा युएन र त्यसका एजेनसीले खेलेको भूमिकाका प्रसंसा गर्दै जिल्लावासीले थप सहयोगको अपेक्षा गरेको बताए।

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक रहेका प्रजिअ दुवाडीले भूकम्पपछि काम गर्न आएका दातृ निकाय, एनजिओ/आइएनजिओ पारदर्शी हुन नसकेको नायव महासचिवलाई सुनाए। 'तिनीहरुलाई पारदर्शी बनाउनु प्रमुख चुनौती रहेको छ,' भूकम्पछि पुनर्निर्माणका चुनौतीको लिखित प्रस्तुती गर्दै उनले भने।

जिल्लामा पीडितको पक्षमा खाद्य, गैह्रखाद्य र नगद सहयोग गर्न आएका युएन एजेन्सी, एनजिओ/आइएनजिओ पारदर्शी नभएको र मनोमानी चलेको गुनासो ब्याप्त भइरहेका बेला प्रजिअ दुवाडीले राष्ट्र संघका दोस्रो वरियातका उच्च अधिकारीसँग गुनासो गरेका हुन् । भूकम्पपछि प्रभावित क्षेत्रको अनुमगन गर्ने संयूक्त राष्ट्र संघका पहिलो उच्च अधिकारी रहेका एलियासनले यस विषयमा केही प्रतिक्रिया दिएनन्। सञ्चारकर्मीको जिज्ञासाको जवाफमा भने उनले नेपालकै सिस्टम (प्रणाली) अनुसार सबैले काम गर्नुपर्ने बताए।

प्रतिक्रिया

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।