Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

कांग्रेसदेखि एमाले त्रसित

(0 votes)
काठमाडौं–सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले संसद बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। व्यवस्थापिका संसदको बर्खे अधिवेशन सुरु भएको दिन बसेको एमाले संसदीय दलको बैठकले संसदमा संसद बैठकमा सशक्त, मर्यादित र प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ।
nepali-patro-may
बैठकले आफ्ना सांसदलाई जेठ एक गतेसम्म उपत्यका नछोड्न निर्देशन दिएको छ। एमालेले संसदमा २६ गते सरकारले पेश गर्ने नीति तथा कार्यक्रम पारित नभएसम्म आफ्ना सांसदलाई विदेश भ्रमण तथा जिल्ला जानसमेत रोक लगाएको हो। नीति तथा कार्यक्रम वैशाख ३१ गते पारित गर्ने कार्यसूचि छ।

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी ओलीको अध्यक्षमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई अनावश्यक दुःख दिन सुरु गरेको निष्कर्ष निकाल्दै संसदमा त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय भएको सांसद शेरबहादुर तामाङले जानकारी दिए। 'अहिले सरकारलाई सहयोग गर्नुपर्ने अवस्थामा प्रमुख प्रतिपक्ष दल जसरी सरकारप्रति आाक्रमक रुपमा प्रस्तुत भएको छ, त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय भएको छ,' तामाङले नागरिकन्युजसँग भने,'विपक्षी दलहरुको सम्भावित मोर्चाबन्दी विरुद्ध सत्तारुढ दलबीच समन्वय गरेर संसदमा प्रस्तुत हुन दलको नेताले निर्देशन दिनुभएको छ।'

सरकारले नियुक्ती गर्ने राजदूत र न्यायपरिषदले सिफारिस गरेको न्यायाधीशमा पनि कांग्रेसले राजनीति गर्नु खोज्नु लोकतन्त्रको परिभाषा भित्र नपर्ने भन्दै बैठकमा कांग्रेसको चर्को आलोचना भएको थियो। आफूलाई सबैभन्दा लोकतन्त्रवादी दल ठान्ने कांग्रेसले हरेक ठाउँमा भाग खोज्न लागेको र सो विषय संसदमा पनि उठाउन सक्ने भन्दै एमाले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले त्यसको सशक्त तथा सभ्य रुपमा प्रतिवाद गर्न सांसदहरुलाई आफना निर्देशन दिएका थिए। उनले कांग्रेस र मधेसी मोर्चाबीच संभावित मोर्चा बन्दीका विषयमा समेत सचेत हुन आग्रह गरेका थिए।

प्रतिक्रिया

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।