Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

एमाओवादी निर्णय आत्मघातीः एमाले

(0 votes)
काठमाडौं–सरकार छाड्ने आसयको एमाओवादी निर्णय सच्याउन सरकारको नेतृत्व गरेको दल एमालेले आग्रह गरेको छ। बुधबार विहान बसेको स्थायी कमिटीको बैठकले आफ्नो निर्णयमा पुर्नविचार गर्न एमाओवादीलाई आग्रह गर्ने निर्णय गरेको छ।
nepali-patro-may

अहिले कसैको पनि बहुमत नरहेको अवस्था सरकार परिवर्तन हुनु सामान्य भए पनि अहिलेको जटिल अवस्थामा एमाओवादी निर्णय उचित नभएको एमालेले जनाएको छ। 'संसदीय व्यवस्थामा कसैको पनि बहुमत नभएको बेला सरकार परिवर्तनको कुरा सामान्य हो,' एमाले सचिव योगेश भट्टराईले नागरिकन्युजसँग भने,' संविधानलाई धरापमा पार्ने र राजनीतिक अस्थिरता निम्त्याउने काममा एमाले संलग्न हुँदैन।'

एमालेले लोकप्रिय नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेपछि आत्तिएर सरकार परिवर्तनको खेल सुरु भएको भट्टराईले टिप्पणी गरे। 'एमाले नेतृत्वको सरकारले लोकप्रिय बजेट र नीति तथा कार्यक्रम ल्याउन लागेपछि आत्तिएका केही दल सरकार परिवर्तन गराउन लागेका छन्,' उनले भने,'सरकार परिवर्तन गराउन देशी वेदशी शक्ति लागिपरेका छन्।

त्यसको गोटी नबन्न हामी प्रचण्डलाई आग्रह गर्न चाहन्छौं।' एमालेले वर्तमानलाई नै राष्ट्रिय स्वरुप दिन सबै दलसँग छलफल गर्न शीर्ष नेतालाई जिम्मेवारी दिएको छ। 'संविधान कार्यान्वयन गर्न, पुननिर्माणलाई अगाडि बढाउन, आर्थिक समृद्धि हासिल गर्न वर्तमान सरकालाई नै राष्ट्रिय स्वरुप दिनु आवश्यक छ,' भट्टराईले भने,' त्यसका लागि सबै दलसँग छलफल गर्न शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ।' एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने एमाओवादी निर्णयलाई आत्मघाती भनेको छ। 'यो एमाओवादीको आत्मघाती निर्णय हो,' उनले भने,'त्यसमा पुर्नविचार गर्न हामी आग्रह गर्न चाहन्छौं।'

प्रतिक्रिया

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।