Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

किन विफल भयो कांग्रेस ?

(0 votes)
काठमाडौं- एकीकृत नेकपा माओवादी नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रयास विफल भएको छ। नयाँ सरकारको नेतृत्व लिन तयार एमाओवादीले नै 'युटर्न' लिएपछि एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारको विकल्प खोज्ने कांग्रेस प्रयास सफल हुन नसकेको हो।
nepali-patro-may
कांग्रेस सहयोगमा सरकारको नेतृत्व लिएर मधेस समस्या समाधान, संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै पुनर्निर्माण तथा पुनर्स्थापनाको नेतृत्व लिन तयार भएको एमाओवादी बिहीबार पार्टीभित्र सहमति नजुटेको भन्दै पछि हटेको हो। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सहमति जुटाउन नसकेको जनाउँदै कांग्रेस नेतालाई तत्काल सरकारको नेतृत्व लिन नसक्ने बताएका थिए।

पार्टीबाट वर्तमान सरकारमा सहभागी मन्त्री र अन्य नेताबाटै एमालेसँगको सत्ता सहकार्य तोडेर कांग्रेससँगको साझेदारीमा सरकारको नेतृत्व नलिन आफूलाई दबाब परेको दाहालले कांग्रेस नेतालाई सुनाएका थिए। 'आफ्नै पार्टीका नेताहरूलाई मनाउन सकिएन,' दाहालाई उद्धृत गर्दै भेटमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले भने, 'अहिलेलाई सकिएन।' आफ्नो बाध्यता बुझिदिन पनि दाहालले कांग्रेस नेतालाई आग्रह गरेका थिए।

सत्ता साझेदारीसहित नयाँ सरकारले गर्ने कामको खाकालाई अन्तिम रूप दिन भन्दै बिहीबार बिहान दाहाल निवास पुगेका कांग्रेस नेताहरूले धोका भएको बताएका थिए। आफ्नो प्रतिबद्धतामा दाहाल नअडिएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताले असन्तुष्टि पोखेका थिए।

दाहालकै प्रस्तावमा बिहीबार ओली नेतृत्वको सरकारलाई दिएको समर्थन र्फिता लिँदै अविश्वास प्रस्ताव दर्ता गराउन कांग्रेस र एमाओवादी समझदारी बनेको थियो। समझदारी अनुसार दुबै दलले तयारी गरेका थिए। कांग्रेसतर्फबाट रमेश लेखक र एमाओवादीतर्फबाट रामनारायण बिडारीलाई नयाँ सरकारले गर्ने कामको प्रस्ताव तयार गर्ने जिम्मेवारी दिइएको थियो।

एमाओवादीले बुधबार विज्ञप्ति जारी गरी ओली सरकारसँगको सहकार्य तोडेर पार्टीकै नेतृत्वमा सरकार बनाउने निर्णय लिएको जानकारी गराएको थियो तर ऊ यो निर्णयमा २४ घन्टा पनि अडिन सकेन। उसले बिहीबार बिहानै बुधबारको निर्णय उल्टायो।

कांग्रेससँगको सहमतिअनुसार एमाओवादीले आफूसमेत सहभागी ओली सरकारले मधेस समस्या साधान र संविधान कार्यान्वयनमा पहल नगरेको, भूकम्प प्रभावितलाई राहत, पुनर्स्थापना र पुनर्निर्माण कामलाई अघि बढाउन नसकेको आरोप लगाउँदैे बुधबार आफ्नो दलको नेतृत्वमा सरकार गठनका लागि दलहरूलाई अपील पनि गरेको थियो।

कांग्रेस–एमाओवादीले नयाँ सरकार बनाउने र संविधानप्रति असन्तुष्ट मधेस केन्द्रित दलसँग छलफल माध्यमबाट समस्या समधान गर्दै नयाँ संविधान सर्वस्वीकार्य बनाउन प्रदेश सीमांकनसहित संविधान संशोधन गर्ने, शान्तिप्रक्रियाका बाँकी काम टुंगोमा पुर्यालउँदै संक्रमणकालीन न्याय व्यवस्थापन गर्ने समझदारी गरेको एक नेताले जनाए। 'टिआरसीसहित द्वन्द्वकालीन घटनाको सहज व्यवस्थापन गर्दै शान्तिप्रक्रियाका बाँकी काम टुंगो लगाउने कार्यसूची बनेको थियो,' स्रोतले भन्यो, 'सबै राजनीतिक दललाई मान्य हुने संविधान बनाउन प्रदेश सीमांकनसहित केही विषयमा संविधान संशोधन गर्ने पनि उल्लेख थियो।'

ओली सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार बनाउन एमाओवादी तयार नभएपछि कांग्रेस पहिला उसैलाई सरकारको नेतृत्व दिन तयार भएकोे थियो। त्यसपछि कांग्रेसले सरकारको नेतृत्व लिने सहमति भएको थियो। 'आवश्यकता अनुसार संविधान संशोधन गरेर अघि बढ्ने भन्ने थियो,' स्रोतले भन्यो, 'पुनर्निर्माण कामलाई तीव्र गतिमा अघि बढाउन दुई दलबीच साझा धारणा बनेको थियो।

प्रतिक्रिया

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।