Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

प्रधानमन्त्रीकाे प्रस्ताव कांग्रेसले नमान्दा बैठक अनिर्णित

(0 votes)
काठमाडौं– संसद नियमावलीका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले बाेलाएकाे बैठकमा प्रधानमन्त्रीकाे प्रस्ताव  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अस्विकार गर्दा बैठक ठाेस सहमति बिनै सकिएकाे छ।
nepali-patro-may

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान बसेकाे बैठकमा प्रधानमन्त्री अाेलीले संसदीय सुनुवाइ समिति संविधान अनुसार १५ सदस्यीय बनाउन प्रस्ताव गरेका थिए।  प्रधानमन्त्रीकाे प्रस्ताव नेपाली कांग्रेसले अस्विकार गरेकाे हाे। दलहरुबीच नियमावली मस्यौदा समितिमा सहमति जुट्न नसक्दा न्यायपरिषदले सिफारिस गरेका ११ न्यायाधीश र सरकारले सिफारिस गरेका २१ राजदूतको संसदीय सुनुवाई हुन सकेको छैन्। दलहरुबीच संसदीय समिति कति सदस्यीय बनाउने भन्ने विषयमा विवाद छ। संविधानमा संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने उल्लेख छ। संविधानको धारा २९२ मा सो सम्बन्धी व्यवस्था गरिएको छ।

तर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र केही साना दल सुनुवाई समिति ७३ सदस्यीय हुनुपर्ने अडानमा छन भने सत्तारुढ एमाले र एमाओवादी संविधानमा व्यवस्था भएअनुसार सुनुवाई समिति १५ सदस्यीय हुनुपर्ने अडानमा छन्। अाजकाे बैठकमा नेपाली कांग्रेसले साेही सुनुवाइ समिति ७३ सदस्यीय नै हुनुपर्ने अडान राखेकाे बैठकमा सहभागी एक नेताले जानकारी दिए।प्रधानमन्त्री अाेलीले भने संविधानकाे व्यवस्था अनुसार सुनुवाइ समिति १५ सदस्यीय बनाउनु पर्ने बताएका थिए।

यसअघि सभामुख ओनसरी घर्तीले पनि बैशाख १९ गते प्रमुख दलका शीर्ष नेतासँग नियमावली समितिको विवाद मिलाउन छलफल गरेकी थिइन्। दलहरुबीच सहमति नहुँदा नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले नियमावलीको मस्यौदा व्यवस्थापिका संसदमा पेश गरेका छन्। एमाले र एमाओवादी संविधानमा व्यवस्था भएअनुसारको समिति गठन गर्दा संविधानको कार्यान्वयन हुने तर्क गर्दै आएका छन्।

संविधानमा अन्य समितिका विषयमा केही पनि उल्लेख छैन भने सुनुवाई समिति भने १५ सदस्यीय हुने उल्लेख छ। सुनुवाई समिति कति सदस्यीय हुने भनेर दलहरुबीच लामो छलफलपछि १५ सदस्यीय बनाउने सहमति भएअनुसार संविधानमा सो उल्लेख गरिएपनि दलहरुले अहिले आफू अनुकुल व्याख्या गर्न थालेका छन्।

 या पनि पढ्नुस्

नियमावली समितिको विवाद टुङ्ग्याउन दलहरु सहमत

सिफारिश ११ न्यायाधीश र २१ राजदूत नियुक्ति अन्यौलमा

प्रतिक्रिया

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।