Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

सरकारी निर्णयविरुद्ध पेनर सर्वोच्चमा

(0 votes)
काठमाडौं- सामाजिक सद्भाव भड्काउने खालको सामग्री टि्वटरमार्फत सार्वजनिक गरेको आरोपमा पक्राउ परी दुई दिनभित्र देश छाड्न आदेश पाएका क्यानेडियन नागरिक रोबर्ट पेनर सरकारी निर्णयविरुद्ध सर्वोच्च गएका छन्।
nepali-patro-may
अधिवक्ता दीपेन्द्र झाले मस्यौदा गरेको रिट निवेदनमा पेनरको भिषा रद्द गर्ने सरकारको काम गैरकानुनी भएको दाबी गरिएको छ। सरकारले दुई दिनमा नेपाल नछाडे जेल हाल्ने चेतावनी दिएको थियो। सूचना प्रविधि क्षेत्रमा काम गर्नेगरी वर्किङ भिषा लिएर बसेका पेनरले नेपालका विभिन्न विषयमा उत्तेजक टि्वट गर्दै आएका थिए। मधेस आन्दोलनका समयमा पनि यिनको गतिविधिमाथि सरकारले निगरानी गरेको थियो। नेपालको आन्तरिक राजनीति र गतिविधिमा पेनरको संलग्नताविरुद्ध अध्यागमन विभागमा उजुरी परेको थियो। उनीविरुद्ध टि्वटरमा 'हेलो सरकार' मा पनि उजुरी परेको थियो।

टि्वटर र फेसबुकलगायत समाजिक सञ्जालमार्फत नेपालमा सामाजिक सद्भाव खल्बलाउने कार्य गरेको भन्दै पेनरलाई पक्राउ गर्न अध्यागमन विभागले सोमबार ललितपुर प्रहरी परिसरलाई अनुरोध गरेको थियो। पेनरलाई प्रहरीले गत आइतबार ललितपुरबाट पक्राउ गरेको थियो।

प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरी अध्यागमन विभागलाई जिम्मा लगाएको जिकिर रिटमा गरिएको छ। क्यानडा फिर्ता पठाउने गृह मन्त्रालयको निर्णय अन्तर्राष्ट्रिय रुपमा संरक्षित स्वतन्त्रताको हकविरुद्ध रहेकाले खारेज हुनुपर्ने निवेदनमा उल्लेख छ।

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।