Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

स्कुल भवनसँगै भूकम्प शिक्षा

(0 votes)
स्कुल भवनसँगै भूकम्प शिक्षा
काठमाडौं- धादिङ नौबिसेकी सुजिता रिमाल ज्वालामुखी निम्न माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्छिन्। गत वर्ष भूकम्पले विद्यालयको भवनमा क्षति पुर्यािएपछि उनको कक्षा ७ को पढाइ अस्थायी टहरामै भयो। भूकम्पले उनको घरमा समेत क्षति पुर्याएको छ।
nepali-patro-may
अहिले उनको वास अस्थायी टहरोमै छ। तर, उनी पढ्ने विद्यालयको नयाँ भवन बनिसकेको छ। भूकम्पको धक्का र अस्थायी टहरोमा कोचिएर कक्षा ७ पढेकी उनी अहिले सुरक्षित भवनमा पढिरहेकी छन्। 'पहिला त जतिबेला पनि डरैडर मात्र हुन्थ्यो,' उनले भनिन्, 'तर अहिले त्यस्तो डर लाग्दैन। अहिले पनि कक्षाको समस्या त छ तर भूकम्पले लडाउँछ भन्ने डर छैन।' रिमालले गत वर्ष भूकम्पपछि भूकम्पका बारेमा विद्यालयमा धेरै शिक्षा पाएकाले सुरक्षित रूपमा बस्ने तरिका बुझेको बताइन्।

'सरकारले घर बनाउन सहयोग नगरे पनि विदेशीले स्कुल बनाउन सहयोग गरेका छन्,' उनले भनिन्, 'जापनीले स्कुल बनाउने क्रममा हामीलाई भूकम्प कसरी जान्छ, कसरी सुरक्षित घर बनाउनुपर्छ, भूकम्प गएपछि कहाँ, कसरी सुरक्षित रूपमा बस्ने भन्ने शिक्षासमेत दिएका छन्।'

कक्षा ७ मै पढ्ने निर्मल शाह भूकम्पपछि त्रिपालमुनि पढ्नु परेको अवस्था सम्झँदै भन्छन्, 'कक्षा कोठामा क्षति पुगेपछि हामीले त्रिपालमुनि एकैठाउँ जम्मा भएर पढेका थियौं,' उनले भने, 'त्यतिबेला भुइँचालोले कसरी असर गर्दो रहेछ, सुरक्षित भवन किन बनाउनुपर्छ भन्ने जानकारी पायौं।' उनले अहिले पनि पराकम्पन आउँदा भूकम्पका विषयमा थप पढाइ हुने गरेको जानकारी दिए।

विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद अधिकारीका अनुसार भूकम्पलगत्तै विद्यार्थीको मनोबल बढाउन विद्यालयमा भूकम्प सुरक्षासम्बन्धी परामर्श कक्षा सञ्चालन गरिएको थियो। 'हामीले विद्यार्थीलाई निरन्तर भूकम्प सुरक्षाका विषयमा चेतना दिने काम गरिरहेका छौँ,' उनले भने, 'पहिला–पहिला ठूला कक्षाका विद्यार्थीले विद्यालयको नामको अर्थ भन्न सक्थे तर अहिले त साना कक्षाका विद्यार्थी पनि ज्वालामुखी र भुइँचालोको विषयमा जानकार भएका छन्।'

भूकम्पले विद्यालयको ३८ लाख रुपैयाँ लागतमा बनेको चारकोठे भवन पूर्ण रुपमा क्षति भएको अधिकारीले जानकारी दिए। उनका अनुसार जाइकाले मंसिरमा दुईकोठे भूकम्प प्रतिरोधी भवन बनाइएपछि पठनपाठनमा सहज भएको थियो। 'मंसिर पहिलो सातासम्म त त्रिपालमुनि विद्यार्थीलाई एकै ठाउँ जम्मा गरेर पढाउनुपर्ने बाध्यता थियो,' उनले भने, 'जाइकाले भूकम्पको ७ महिनापछि नै दुईकोठे भवन बनाइदिएपछि पठनपाठनमा निकै सहज भएको छ।' उनका अनुसार १ सय ४६ जना विद्यार्थी अध्ययनरत विद्यालयमा १० वटा कोठा आवश्यक छ। तर, अहिले जम्मा चारवटा मात्र कोठा छन्।

व्यवस्थापन समिति सदस्य भोला भण्डारीले अभिभावक नै टहरामा बसेको अवस्थामा थप भवन बनाउन सहयोग माग्ने अवस्था नरहेको बताए। 'सरकारले वा अन्य सहयोगी संस्थाले थप सहयोग कहिले गर्छन् भन्ने त भन्न सक्ने अवस्था छैन,' उनले भने, 'पर्याप्त कोठा नहुँदा पठनपाठन प्रभावित भइरहेको छ तर हामीले साँघुरो भए पनि विद्यार्थीलाई भूकम्पलगायत आवश्यक सम्पूर्ण शिक्षा फराकिलो रूपमा दिइरहेका छौँ।'

धादिङकै इन्›ायणी निम्नमाध्यमिक विद्यालय पनि भूकम्पले भवन क्षतिग्रस्त बनाएपछि लामो समय छाप्रोमा चलेको थियो। विद्यालयको सातवटा कक्षामा क्षति पुगेपछि अभिभावक तथा स्थानीयको सहयोगमा अस्थायी टहरा बनाएर पढनपाठन सुरु भएको थियो। त्यही टहरामा समेत दसैंअगाडि आगलागी भएपछि खुला स्थानमा विद्यार्थी पढाउनुपर्ने बाध्यता आएको थियो।

विद्यालयकी प्रधानाध्यापक सुरज श्रेष्ठका अनुसार जाइकाको सहयोगमा भवन बनेपछि विद्यार्थीलाई सुरक्षित वातावरणमा पढाउन सहज भएको छ। 'विद्यार्थीलाई अस्थायी टहरो र सुरक्षित भवनमा पढाउँदा भूकम्पको विषयमा सहज रूपमा बुझाउन सकियो,' उनले भनिन्, 'एउटै कोठामा दुईवटा कक्षा पढाउन निकै समस्या भएको थियो।'

प्रधानाध्यापक श्रेष्ठले विद्यार्थीलाई सुरक्षित भवन बनाउने तरिकाका विषयमा पढाउन पनि सहज भएको बताइन्। उनका अनुसार विद्यालयमा हाल १ सय ११ छात्रा र १ सय ३ छात्र अध्ययन गरिरहेका छन्।

जाइकाले भूकम्पलगत्तै धादिङका ११ वटा विद्यालयका कक्षाकोठा तत्कालै निर्माण गरिदिएको थियो। भवन निर्माणसँगै भूकम्पसम्बन्धी शिक्षासमेत प्रदान गरेको जाइकाको प्रोगाम फर्मुलेसन एडभाइजर काजुटाका इसाकाले जानकारी दिए। उनका अनुसार जापानले धादिङ, गोरखा, रसुवा र ललितपुर जिल्लामा विद्यालय पुनर्निर्माणका लागि मात्रै करिब २३ करोड ७४ लाख रुपियाँ (११ करोड २० लाख डलर) सहयोग उपलब्ध गराउने भएको छ।

यसबाहेक करिब २१ करोड रुपैयाँ (२० लाख डलर) बराबरको सहयोग धादिङ, गोरखा र नुवाकोटका विद्यालय पुनर्निर्माणका लागि सहयोग गरेको छ। यसबाट १ सय ८४ कक्षाकोठा बन्ने उनले बताए। यसमध्ये ३० वटा निर्माण सम्पन्न भइसकेका छन् भने ९० वटा निर्माणाधीन रहेको जाइका नेपालले जानकारी दिएको छ।

धादिङमा पनि ९ करोड ५० लाख रुपियाँको सहयोग गर्ने भएको छ। धादिङमा मात्रै चार हजार कक्षाकोठा पूर्ण रूपमा क्षति भएका छन् र अरू एक हजार चार सय कक्षाकोठा सामान्य क्षतिग्रस्त छन्। इसाकाका अनुसार जाइकाले यो परियोजनाअन्तर्गतका १ सय १० वटा भवनमध्ये ३० वटा बनिसकेका छन्, ४४ वटा निर्माणाधीन छन्।

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।