Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

चौतारालाई बालमैत्री नगरपालिका बनाइने

(0 votes)
सिन्धुपाल्चोक–तेस्रो नगर स्थापना दिवसको अवसर पारेर जिल्लाकै पहिलो चौतारा नगरपालिकाले बाल उद्यान (चिल्ड्रेन पार्क) र नगर सूचना केन्द्र सञ्चालनमा ल्याएको छ ।
nepali-patro-may
नगर स्थापना भएको दिन शनिबार प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बाल उद्यान नगर सूचना केन्द्रको उद्घाटन गरे। 'उद्यान र केन्द्र समृद्ध चौतारा बनाउने संकेत मात्रै हो,' उद्घाटनपछि उनले भने। चौतारालाई बालमैत्री नगरपालिका बनाउने नीति अनुरुप चिल्ड्रेन पार्क सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले बताए।

टुँडिखेल नजिक चौतारा–३ मा ६ लाख रुपैयाँभन्दा बढी लगानीमा पार्क सञ्चालनमा ल्याइएको हो। नगरपालिकाको ५ लाख र भगवती सामुदायिक वन उपभोक्ता समितिको १ लाख २ हजार रुपैयाँ लगानीमा झण्डै डेढ रोपनी जमिनमा फैलिएको पार्कमा आकर्षक बगैँचासहित पिङ, चिप्लेटी र आराम गर्ने बेन्चको व्यवस्था गरिएको छ।

'नगरपालिकाको सबै नौवटै वडामा बाल उद्यान स्थापना गर्ने नीति छ,' लामिछानेले भने, 'वर्षमा दुईटाको दरले पार्क बनाउँछौं ।' चौतारा बजारस्थित संयूक्त वडा कार्यालयमा सञ्चालनमा ल्याइएको नगर सूचना केन्द्रलाई क्रमशः डिजिटल, इ–लाइब्ररी बनाउँदै लगिने उनले बताए। 'जिल्लैभरको सूचना यहाँबाट उपलब्ध गराउँछौं । केन्द्रलाई फ्रिवाइफाई जोन बनाउँदै छौं,' उनले भने ।

तीन दिन स्थापना दिवस मनाएको नगरपालिकाले नौजना जेष्ठ नागरिकलाई नगद २ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरेको छ। वडाका एक जनाको दरले ८०–सय वर्ष उमेरका वृद्धवृद्धा सम्मानित भए । यही अवसरमा आयोजित नगरस्तरीय कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत लामिछानेले नगरलाई बालमैत्री बनाउने उद्देश्यले नवौ वडा बाल क्लव र नगरपालिकामा बाल सञ्जाल गठन गरिसकिएको बताए। 'नगरको नीति, कार्यक्रम निर्माण र बजेट बाँडबाँडमा समेत बालबालिकालाई सहभागि गराउँछौं,' उनले भने। तीन वर्षअघि सञ्चालनमा आएको नगरपालिकाले घरदैलोबाटै सेवा दिन वडैपिच्छे 'हेल्प डेस्क' स्थापना गर्ने अभियान सञ्चालनमा समेत ल्याएको छ । अहिले वडा नं. ९ सानोसिरुवारीमा डेस्क सञ्चालनमा आइसके लामिछानेले जनाए।

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।