Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

बेहोस बनाउने औषधिको अवैध बिक्री

(0 votes)
लागू अाैषध नियन्त्रण ब्युराे र अाैषधि व्यवस्था विभागकाे संयुक्त्र टाेली बुधबार वीर अस्पताल अगाडिका अाैषधि पसलमा । लागू अाैषध नियन्त्रण ब्युराे र अाैषधि व्यवस्था विभागकाे संयुक्त्र टाेली बुधबार वीर अस्पताल अगाडिका अाैषधि पसलमा ।
काठमाडौं–मस्तिष्क तथा नसा र शल्यक्रिया गर्ने समयमा बिरामीलाई बेहोस बनाउन (एनेस्थेसिया) का लागि आवश्यक लागू तथा मनोदिपक औषधि (नार्कोटिक ड्रग) ठूला अस्पताल अगाडिका औषधि पसलले कानुनविपरीत बिक्री गर्दै आइरहेको फेला परेको छ ।
nepali-patro-may
लागू औषध नियन्त्रण ब्युरो र औषधि व्यवस्था विभागको संयुक्त टोलीले वीर अस्पताल अगाडिका औषधि पसलमा छापा मार्दा कानुनविपरीत औषधि बिक्री गरिरहेको फेला परेको हो । अनुगमन टोलीले अस्पताल अगाडिका चारवटा अस्पतालमा नियन्त्रित लागू औषध भारी मात्रामा जफत गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

टोलीले वीर अस्पतालनजिकै महाबौद्धमा रहेका आयुष फर्मा, सन्तोष फर्मा, सत्यम फर्मा र आरफ फर्माबाट विभिन्न ब्रान्डका हजारौं थान नियन्त्रित लागूऔषध बरामद गरेको हो । नियमअनुसार औषधि व्यवसायीले उपचार क्रममा चाहिने ती औषधि चिकित्सकको प्रेस्किप्सनका आधारमा मात्र बिक्री गर्न पाउँछन् र बिक्री गरेका औषधिको सम्पूर्ण विवरण राख्नुपर्ने हुन्छ ।

ब्युरो प्रमुख डिआइजी जयबहादुर चन्दका अनुसार निरीक्षण क्रममा चारवटै पसलले कानुन उल्लंघन गर्दै जथाभावी रुपमा नियन्त्रित औषधि बिक्री गर्ने गरेको पाइएको छ । 'नियन्त्रित औषधि सबै जफत गरेर अनुसन्धान अगाडि बढाइएको छ,' उनले भने, 'औषधिको गलत प्रयोग भए नभएको विषयमा समेत छानबिन हुँदैछ ।' उनले नियन्त्रित लागूऔषध बिक्री गरेको सूचनाका आधारमा ब्युरोले विभागको सहयोगमा विभिन्न औषधि पसलमा छापा मारेको बताए ।

निरीक्षण क्रममा आयुष फर्माबाट मोर्फिम सल्फेट १ सय ५२ बोतल, पेथिडाइन ९१, फेन्टान्ली सिट्रेट ५० भायल, क्लोनाजेपाम १६ सय ३९ ट्याब्लेट, अल्प्राजोलाम ३ सय २ ट्याब्लेट, डाइजेपाम १९ सय ८४ ट्याब्लेट, कोडिन फोस्फेट १ सय २३ ट्याब्लेट, जोल्पिडेम ९० ट्याब्लेट लगायत ६ हजार अन्य नियन्त्रित औषधि जफत गरिएको छ ।

सन्तोष फर्माबाट पनि डाइजेपाम, लोराजेपाम, कोडिन, क्लोनाजेपाम, अल्प्राजोलाम लगायत ६५ सयभन्दा बढी झोल तथा ट्याब्लेट, सत्यम फर्माबाट पनि कोडो ट्याब २ सय ६ थान र आरफ फर्माबाट पनि तिनै नामका करिब ५ हजार थान औषधि नियन्त्रणमा लिइएको छ ।

डिआइजी चन्दका अनुसार ती औषधि पसलका सञ्चालकलाई पनि नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । नियन्त्रणमा लिइएका सञ्चालकलाई कागजपत्र लिएर छाडिएको चन्दले बताए । 'नियन्त्रित लागूऔषधको कुनै लगत नराखी बिक्री गरेको र त्यस्ता लागूऔषध डाक्टरको स्वीकृतिमा मात्र बिक्री गर्न पाइने भए पनि व्यवसायीले अवैध रुपमा बिक्री गर्ने गरेको भेटिएको छ,' उनले भने, 'यसरी बिक्री भएका औषधि लागू पदार्थ सेवन गर्नेहरुले पनि खरिद गरिरहेका हुन सक्छन् ।'

औषधि ऐनअनुसार व्यवसायीले त्यस्ता औषधि बिक्री गर्दा चिकित्सकको सिफारिस, बिरामीको रोग र कसले कसलाई कुन प्रयोजनका लागि बेचिएको भन्ने रेकर्डसमेत अनिवार्य रुपमा राख्नुपर्छ । विभागले त्यस्ता औषधि बेच्ने÷नबेच्ने दुवैको प्रमाणपत्रमा छाप लगाउने काम गर्दछ । बेच्नेलाई बेच्ने र नबेच्नेलाई नबेच्ने भन्ने छाप लगाउने गर्दछ ।

विभागबाट औषधि बेच्ने अनुमति लिने व्यवसायीले बेचेको रेकर्ड राख्नुपर्ने र बेच्दिनँ भन्ने व्यवसायीले बेचेको पाइए कानुनअनुसार कारबाही हुनेछ । यसका साथै बेच्ने अनुमति लिएकाले पनि नियमअनुसार रेकर्ड नराखे कारबाही हुनेछ । ऐनअनुसार त्यस्ता औषधिको रेकर्ड नराख्ने व्यवसायी तथा पसलको दर्ता खारेजसम्मको कारबाही हुनेछ । औषधि बिक्रीको अवस्था र व्यापारीले गरेको कसुरका आधारमा पसल बन्द गर्ने, निलम्बन गर्ने, नसिहत दिने वा व्यवसायी कार्ड नै रद्द गर्ने भन्ने सजाय हुने ऐनमा उल्लेख छ ।

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।