Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

ढुंगा बोक्दै धुर्मुस–सुन्तली

(0 votes)
गाैरानचाैरमा भूकम्पपीडितका लागि एकीकृत बस्ती बसाल्न बुधबार स्थानीयसँग ढुंगा अाेसार्दै कुञ्जना घिमिरे  र सीताराम कट्टेल। गाैरानचाैरमा भूकम्पपीडितका लागि एकीकृत बस्ती बसाल्न बुधबार स्थानीयसँग ढुंगा अाेसार्दै कुञ्जना घिमिरे र सीताराम कट्टेल।
सिन्धुपाल्चोक–हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको गिरानचौर एकीकृत बस्ती निर्माणमा जुटेका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा बुधबारदेखि घर निर्माण कार्य थालिएको हो । धुर्मुस–सुन्तली स्वयं ढुंगा बोकेर स्थानीयसँगै घर निर्माणमा जुटेका छन् । भूकम्पको वर्ष दिनमा वैशाख १२ गते एकीकृत बस्ती निर्माणको शिलान्यास गरिएको थियो ।
nepali-patro-may
गत वर्षको वैशाख २९ को अनुकम्पले गिरानचौरमा बढी क्षति पुर्याएकाले त्यही दिन पारेर निर्माण कार्य थालिएको सीतारामले बताए । उनका अनुसार धुर्मुस–सुन्तली फाउन्डेसनले मेलम्ची नगरपालिका ८ गिरानचौरमा ६५ वटा घर बनाउने छ । 'पीडितलाई दसैंसम्म नयाँ घरमा सार्ने लक्ष्य छ,' फाउन्डेसन अध्यक्षर सीतारामले भने ।

फाउन्डेसनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय विकास मन्त्रालयसँग सम्झौता गरी पीडितलाई एकतले भूकम्पप्रतिरोधी घर बनाइदिन लागेको हो । घरमा शौचालयसहित चार कोठा हुनेछ । पिलर, सिमेन्ट ब्लक, फलाम र काठपात प्रयोग गरी बस्ती बसाल्ने प्राविधिक डिजाइन छ ।

'एउटा घर बनाउन साढे ६ लाख खर्च लाग्ने प्राविधिक स्टमेट छ । यसमा तलमाथि हुन सक्छ,' सीतारामले भने । अहिले सीपालु मजदुर झिकाएर निर्माण कार्य अघि बढाइएको छ । स्थानीयलाई नै तालिम दिएर निर्माणमा लगाउने फाउन्डेसनको योजना छ । 'नजिकै इन्द्रावती नदीमा बालुवा पाइने भएकाले ब्लक यहीँ बनाउँछौंँ,' उनले भने । उनका अनुसार उपलब्ध भएसम्म स्थानीय सामग्री प्रयोग गरिने छ । ६५ घरको बीचमा एउटा सामुदायिक हलसमेत बनाइने छ ।

बस्ती निर्माण अवधिभर गिरानचौरमै बस्ने सीतारामले बताए । यसअघि भूकम्पपछिका साढे दुई महिनामै धुर्मुस–सुन्तलीले काभ्रेमा एकीकृत पहरी बस्ती बनाएर पीडितलाई हस्तान्तरण गरेका थिए । भूकम्प गएलगत्तै प्रभावित जिल्लामा राहत र उद्धारमा खटिएका सीतारामले सिन्धुपाल्चोक सर्वाधिक क्षतिग्रस्त जिल्ला भएकाले गिरानचौरका पीडित तामाङ समुदायलाई घर बनाइदिन लागेको बताए ।

उनका अनुसार ६५ घरको गिरानचौर एकीकृत बस्ती बसाउन ४ करोड रुपैयाँ खर्च हुने प्राविधिक अनुमान छ । ६५ परिवारका ५ सय १५ सदस्य छन् । बस्ती निर्माणका लागि अहिलेसम्म करिब २२ लाख रुपैयाँं नगद जुटेको जानकारी फाउन्डेसन कोषाध्यक्ष सुन्तलीेले दिइन् । सहयोगी हातकै भरमा एकीकृत बस्ती बनाउन कस्सिएकाले नगददेखि आवश्यक निर्माण सामग्री सहयोग गर्न धुर्मुस–सुन्तलीले सबैलाई आग्रह गरेका छन् । 'नगद र अन्य सामग्री दिन नसक्नेलाई साबेल र बेल्चा बोकेर निर्माणमा जुट्न आग्रह गर्छौं,' सीताराम भने । फाउन्डेसनका अनुसार निर्माणाधीन एकीकृत बस्ती बालमैत्री, अपांग मैत्री, खुला दिसामुक्त र वातावरणमैत्री हुने छ । एक घर–एक धारा, बगैंचाको कल्पना धुर्मुस–सुन्तलीले गरेका छन् ।

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।