Sunday 1 Bhadra, 2076 | August 18, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

६ मजदुरलाई सार्वजनिक मुद्दा

(0 votes)
बारा-उधोग व्यवस्थापनले काम गर्नबाट हटाएको बिरोधमा आन्दोलन गर्दै आएका प्रोजियोकेम प्रालिका ६ जना मजदुरहरुलाई बारा प्रहरीले सार्वजनिक मुद्दा लगाएर नियन्त्रणमा लिएको छ।


nepali-patro-may
वीरगन्ज–पथलैया औधोगिक करिडोर अन्तर्गत बाराको बहुअरी ६मा रहेको बोरा उत्पादन गर्ने प्रोजियोकेम प्रालिका संचालकले उधोगका स्थायी मजदुरहरुलाई आफु खुशी तरीकाले हटाएको भन्दै त्याहाँ कार्यारत रहेका स्थायी मजदुरहरु बिगत ६ महिना देखी आन्दोलन गर्दै आएका छन्।

उधोग संचालकको झुठो उजुरीमा बैशाख २८ गते देखी आन्दोलन गरी रहेका मजदुरहरु रमेश पटेल,शम्भु गिरी, उमेश साह, बिरेन्द्र पाण्डे,निरज प्रसाद बर्मा र देव कुमार पटेललाई बारा प्रहरीको नियन्त्रणमा राखिएको स्वतन्त्र प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ नेपालका केन्द्रिय सदस्य रामबबु महतोले बताएका छन्।

उधोग व्यवस्थापन र आन्दोलन गरी रहेका मजदुरहरुलाई छलफलको लागि परवानीपुरमा रहेको प्रहरी औधोगिक सुरक्षा गुल्ममा बोलाईएको बेलामा छलफलको क्रममा कुरा नमिले पछि छ जना मजदुरहरुलाई जिल्ला प्रहरी कार्यालयमा कारवाहीको लागि जबरजस्ती लगीएको महतोले जनाए।

आफ्नो हक अधिकारको लागि शान्तिपुर्ण आन्दोलन गर्दै आएका प्रोजियोकेमका आन्दोलित मजदुरहरु मध्ये बारा प्रहरी प्रशासनले बिना कारण मजदुरहरुलाई नियन्त्रणमा राखेर दुख दिने कार्य गरेको आरोप महतोले लगाए।

तीन सय ९० जना स्थायी मजदुरहरु मध्ये आधालाई बिभिन्न बहानामा हटाईएको पीडित बनेका मजदुरहरुले आन्दोलन गर्दा उल्टै थुन्नु परेको कार्यले श्रम बेचेर परिवार पाल्ने मजदुरुहरु अन्यायमा परेको उनले बताए।

उधोग व्यवस्थापनले स्थायी मजदुरहरुलाई कामबाट हटाएको भन्दै दुई हप्ता पहिला जिल्ला प्रशासन कार्यालयको छलफलमा उधोग व्यवस्थापन र मजदुरहरुबीच प्रमुख जिल्ला अधिकारी कृष्ण ढुंगानाको अध्यक्षतामा छलफल समेत गरीएको थियो।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले मजदुरहरुले उधोगको मूख्य गेटमा बसी उधोगमा प्रवेश गर्नै अन्य मजदुर र सवारी साधनहरुलाई अवरोध गर्ने कार्य गर्दै आएको बताएका छन्।

उधोगको दैनिक कार्यमा अवरोध गरेको उजुरी उधोग संचालकबाट आएकोले केही मजदुरहरुलाई प्रहरीको नियन्त्रणमा राखेर सार्वजनिक अपराधमा मुद्दा चलाएको बताए।

उधोगबाट हटाईएका मजदुरहरुलाई श्रम कार्यालय वीरगन्जले उधोग व्यवस्थापकलाई नहटाउन र हटाएको मजदुरलाई काममा राख्न निर्दैशन दिए पनि मजदुरहरुको हकमा त्यो लागू नभएको मजदुर नेता महतोले बताए।

प्रोजियोकेम प्रालिका प्रबन्धक सुनिल मनोथले उधोग घाटामा गएको बेलामा केही मजदुरहरुलाई कटौटी गरीएको र केहीलाई अन्यत्र सरुवा गरीएको बताएका छन्।

कटौटी गरीएको र अन्यत्र सरुवा गरीएको मजदुरहरुले आन्दोलनको बहानामा उधोगलाई नै चलाउन नदिएकोले कारवाहीको लागि प्रहरीमा उजुरी दिएको बताए।

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।