Sunday 1 Bhadra, 2076 | August 18, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

फोटो पत्रकार कार्कीलाई मदन भण्डारी पुरस्कार

(0 votes)
फोटो पत्रकार कार्कीलाई मदन भण्डारी पुरस्कार
काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई आइतबार मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३ प्रदान गरेका छन्। एमाले पार्टी कार्यालयमा धुम्बाराहीमा आयोजित २३ औं मदन–आश्रित स्मृति दिवस अवसरमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कार्कीलाई रु ५१ हजार र प्रमाणपत्रसहित उक्त पुरस्कार प्रदान गरेका हुन्।
nepali-patro-may
एमाले प्रचार तथा प्रकाशन विभागले यो वर्षदेखि सो पुरस्कार प्रदान गर्न थालेको हो।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले फोटो पत्रकार कार्कीले मदन भण्डारीका तस्विर सञ्चारमाध्यममा प्रकाशन गरी पुर्याफएको योगदान मूल्याङ्कन गर्दै पुरस्कार दिइएको जानकारी गराए। आउँदो वर्षदेखि स्नातकोत्तर तहमा आमसञ्चार विषयमा अध्ययन गर्ने दुई विद्यार्थीलाई शोधपत्र तयारका लागि रकम समेत उपलब्ध गराउने जानकारी उनले दिए।

पुरस्कारका लागि रु १५ लाखको अक्षय कोष स्थापना गरिएएको छ। नारायण ढकाल संयोजक तथा शिव गाउँले र वासुदेव अधिकारी सदस्य रहेको तीन सदस्यीय छनोट समितिले कार्कीलाई उत्कृष्ट फोटो पत्रकारको रुपमा चयन गर्दै पुरस्कार दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।