Sunday 1 Bhadra, 2076 | August 18, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

  • आइतबार २ जेष्ठ, २०७३
  • रेखा भुसाल
  • Be the first to comment!
(0 votes)
भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।


nepali-patro-may
आइतबार एक कार्यक्रमकाबीच म्याराथन धावकहरुको एक टोली लुम्बिनीबाट ज्योती बालेर त्यसतर्फ प्रस्थान गरेका छन्। लुम्बिनीबाट लगीएको दीप बुद्धले २९ बर्ष बिताएको कपिलबस्तुको तिलौराकोट, बुद्धअस्तु धातु रहेको नवलपरासीको रामग्राम हुँदै सोमबार काठमाडौंको स्वयम्भु, पुर्याइने छ । स्वयम्भु, बौद्धनाथमा विशेष पूजा गरी दीप सगरमाथाको आधार शिविरका लागि प्रस्थान गर्ने कार्यक्रम छ । आइतबार एक कार्यक्रमकाबीच बुद्धजन्मस्थल लुम्बिनीमा ओलम्पियनहरु बैकुन्ठ मानन्धर,कृष्ण बस्नेत ,खडग रानाभाट,अन्तर्राष्ट्रिय खेलाडी शाहबानु खानलाई शान्तिदीपको ज्योती लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेय महाथेरो ,लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ्ग र चिनिया तथा थाई बौद्ध बिहारका प्रमुखहरुले हस्तान्तरण गरेका थिए। शान्तिदीपको ज्योती सहीत ओलम्पियन एबं धाबकहरु मायादेबी मन्दिर,अशोक स्तम्भ र पबित्र पुष्करनी कुण्डलाई तीन पटक परीक्रमा गरी कपिलबस्तु तर्फ प्रस्थान गरेका थिए।

बिश्व शान्तिका अग्रदुत बुद्धजन्मस्थल लुम्बिनी र सगरमाथालाई एक साथ बिश्वमञ्चमा प्रचार प्रसार गर्दै एकीकृत पर्यटन प्रबद्र्धनको सन्देश प्रवाह गर्न यो अभियानको सुरुवात गरीएको आयोजक हिमेक्स नेपाल तथा तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष बिक्रम पाँडेले बताए। ज्योती सहीत ओलम्पियनहरु सल्लेरी,फाप्लु,लुक्ला,नाम्चे बजार,स्यांगबोचे हुदै मे २७ (जेष्ठ १४) मा सगरमाथा आधार शिबिर पुग्नेछन्। एभरेष्ट डे का अवसरमा मे २८ र २९ मा बिश्वको सबैभन्दा अग्लो स्थानमा हुने तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनको १४ औं सस्करण सुरु हुनुपूर्व शान्तिदीपको ज्योतीले आधारशिवीर परिक्रमा गरेपछि म्याराथन सुरु गरीने पाँडेले जानकारी दिए।

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।