Monday 30 Mangshir, 2076 | December 15, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

राजधानी भित्रनेलाई कडा जाँच

(0 votes)
राजधानी भित्रनेलाई कडा जाँच
काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको भन्ने जानकारीसम्म नपाएका यात्रुले प्रहरीले दुःख दिएको गुनासो गरेका छन्। आइतबार नागढुंगामा भेटिएकी विमला लामाले भनिन्, 'केका लागि जाँच गरेको भन्ने थाहा भएन, प्रहरीले बसका यात्रुलाई झारेर झोलासमेत खोतलेका छन्।'
nepali-patro-may
गोरखाबाट नागढुंगा आइपुग्दा चार ठाउँमा प्रहरीले जाँच गरेको एक बसका सहयोगी रमेश थापाले बताए। 'यसभन्दा अघि चार ठाउँमा चेक गर्योद,' उनले भने। अघिपछि भन्दा आइतबार बढी नै जाँच भएको उनले बताए। ना

मधेसकेन्द्रित दलसहितको संघीय गठबन्धनले राजधानीमा गरेको आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त हुँदा उपत्यकाबाहिरबाट आउने गाडी भित्रिन पनि साविकभन्दा तीन घन्टा बढी समय लागेको चालकले गुनासो गरे। पोखराबाट माइक्रो लिएर आउँदै गरेका चालक रोशन गुरुङले ५ घन्टामा आइपुग्ने नागढुंगा पुग्दा ८ घन्टा लागेको बताए। भने, 'खै केको जाम हो भन्ने थाहा हुँदैन, ट्राफिक जाम, चेकजाँचले दिन खाइदियो।'

नागढुंगामा पसल गरी बस्ने ६५ वर्षे राजन बस्नेतले आइतबार बढी नै जाँच भएको बताए। 'झोलासमेत खोतलेका थिए,' उनले भने, 'आन्दोलन छ भन्ने सुनिन्छ, त्यसका लागि गरेको होला। प्रहरीले पनि आफ्नो डियुटी गरेका होलान् नि!'

संघीय गठबन्धनले काठमाडौंमा गरेको आन्दोलनले उपत्यकाभित्र मात्र होइन, बाहिरबाट आउने यात्रुले पनि सास्ती झेल्नुपरेको उनले गुनासो गरे। शनिबारदेखि सुरक्षाको दृष्टिले जाँच तीव्र बनाएको प्रहरीले जनाएको छ। 'हामीलाई माथिबाट आदेश आएको कारण सबै सवारीलाई जाँच गरेका छौं,' नागढुंगाका एक प्रहरीले भने। आइतबार बेलुकीसम्म करिब १ हजार ५ सय सवारी जाँच गरेको उनले बताए।

गृहप्रवक्ता यादवप्रसाद कोइरालाले भने जाँच नियमित भएको बताए। आन्दोलनका कारण सुरक्षा निकायले उपत्यका भित्रिने गाडीलाई जाँच बढाएको उनले जानकारी दिए। 'आन्दोलनका कारण सुरक्षा निकायले जाँच बढाएको हो तर त्यसका कारण ट्राफिक जाम बढेको होइन।' सिंहदरबार नजिकका सडकमा आन्दोलन हुँदा सबैतिरको सडक व्यस्त भएको भनाइ थियो। एकठाउँमा अवरोध हुनासाथ सबै ठाउँमा असर परेको उनको दाबी छ।

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।