Sunday 1 Bhadra, 2076 | August 18, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

राजमार्गमा छैन फुटपाथ

  • सोमबार ३ जेष्ठ, २०७३
  • कृष्ण किसी
  • Be the first to comment!
(0 votes)
भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

nepali-patro-may
राजमार्ग भएकाले सूर्यविनायक–बनेपा सडकखण्डमा तीव्र गतिमा सवारीसाधन हुँइकिन्छन्। तर सडकको दुवै छेउमा फुटपाथ नभएका कारण बटुवाहरू तीव्र गतिमा हुँइकिने सवारीसाधन छल्दै हिँडीरहेका छन्। राजमार्गकै ६ लेनको सूर्यविनायक–कोटेश्वर सडकखण्डमा भने दुवै छेउमा सर्भिस ट्र्याकसहित फुटपाथ पनि भएकाले बटुवाका लागि कुनै समस्या छैन।

श्यामकृष्ण खायमली सडकमा बटुवा हिँड्ने फुटपाथ नभएकाले जगातीबाट सूर्यविनायक पैदल जाँदा अरनिको राजमार्गको साटो अर्कै घुमाउरो बाटो जाने गरेको बताउँछन्। बटुवा हिँड्न फुटपाथ नभएको राजमार्गखण्डमा तीव्र गतिमा हुँइकिने सवारीसाधनले ठक्कर दिने हो कि भन्दै डराएर असुरक्षित हिँड्नुभन्दा घुमाउरो बाटो हिँड्नु उचित ठहर्या उँछन् उनी। यसैकारण सूर्यविनायक–जगाती सडकखण्ड एक किलोमिटर मात्र भए पनि उनी भने दुई किलोमिटर घुमाउरो बाटो हिँड्छन्। 'यति छोटो दुरीमा बस पनि के चढ्नु? बरु बाटो हिँड्दा स्वास्थ्यलाई पनि फाइदै हुने भएकाले पनि सूर्यविनायक–जगाती दुई किलोमिटर हिँड्नु नै ठिक,' भन्छन् उनी।

सूर्यविनायक–जगाती मात्रै होइन, बनेपासम्मै १० किलोमिटर राजमार्गखण्डमा बटुवाका लागि सुविधाजनक फुटपाथ छैन। फुटपाथ नभएकाले यो राजमार्गखण्डका छोटो दुरीमा सडकमा हिँड्ने बटुवा डराईडराई असुरक्षित रुपमा हिँड्छन्। राजमार्गमा हिँड्दा तीव्र गतिमा कुद्ने सवारीसाधन नजिकबाट जाँदा आफ्नो आङ नै सिरिंग हुने बटुवा बताउँछन्।

जगाती पूर्वका भाटेढुकुर, बाँसबारी, नखेलसहित बनेपा पुग्न यो राजमार्गखण्डको विकल्प छैन। जगाती पश्चिम सूर्यविनायक जाने पनि वैकल्पिक बाटो नभएकाले बटुवा त्रसित हुँदै राजमार्गखण्डबाटै हिँड्नुपर्छ। विशेष गरेर जगाती पूर्व भाटेढुकुर, बाँसबारी, नखेलसम्म भक्तपुरका किसान खेत जान राजमार्गखण्डबाट हिँड्छन्। धान रोप्न र काट्न, गहुँ छर्न र काट्नलगायत खेतीपातीका लागि यो राजमार्गखण्डबाट दैनिक सयौं किसान हिँड्छन्। स्थानीय रामबहादुर न्हेम्हाफुकी बटुवा हिँड्ने पेटी नहुँदा विशेष गरेर बुढाबुढी, महिला र बालबालिकालगायत विद्यार्थीलाई पैदल हिँडन समस्या भएको बताउँछन्। यसबाहेक यो राजमार्गखण्डबाट अनगिन्ति स्थानीय दैनिक हिँड्ने गर्छन्।

कटुञ्जेस्थित डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर इन्जिनियर ध्रुवकृष्ण श्रेष्ठले सन् २०१७ जनवरीमा कोटेश्वर–सूर्यविनायकजस्तै सूर्यविनायक–धुलिखेल राजमार्गखण्ड पनि जापान सरकारले ६ लेनमा विस्तार गर्ने अनौपचारिक जानकारी आएकाले यो खण्डमा बटुवा हिँड्ने फुटपाथ नबनाएको प्रष्ट्याए। त्यसैले यो राजमार्गखण्डमा डेढ वर्षयता नाली बनाउनेलगायत सडक मर्मतसम्भारमन काम मात्रै गरीरहेको श्रेष्ठले जनाए। फुटपाथ बनाए केही समयमै काम नलाग्ने भएकाले नबनाएको उनको भनाइ छ। महानगरीय प्रहरी वृत्त जगातीका इन्स्पेक्टर मित्रबन्धु शर्माले सडकपेटी नहुँदा समस्या परेको गुनासो आउने गरेको जनाए।

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।