Wednesday 29 Ashwin, 2076 | October 16, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

  • सोमबार ३ जेष्ठ, २०७३
  • खिलक बुढाथोकी
  • Be the first to comment!
(0 votes)
काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा विस्तार भइसकेको छ। अब बाँकी रहेका २१ वटा वडामा पनि डिजिटल प्रणालीबाटै नक्सा पास गर्ने तयारी महानगरपालिकाको छ।
nepali-patro-may
'समयको मागअनुसार नक्सा पास गर्ने प्रविधि परिवर्तन गरेका हौं। सात वटा वडाबाट थालिएको काम अहिले १४ वटा वडामा विस्तार भइसकेको छ,' महानगरपालिकाको नक्सा शाखाका विभागीय प्रमुख रविन्द्र पौडेलले भने, 'आगामी असारसम्म ३५ वटै वडामा डिजिटल प्रणालीबाटै नक्सा पास गर्ने तयारीमा छौं।' डिजिटल प्रणालीबाट नक्सा पास गर्दा सम्बन्धित महानगरपालिका धाइरहनु पर्दैन, घरबाटै नक्सा पाससम्बन्धी सबै काम गर्न सकिन्छ। स्वयं व्यक्ति लाम लागेर उभिनु नपर्ने र फाइल बोकेर दौडिनु नपर्ने भएकाले प्रभावकारी देखिएपछि सबै वडामा डिजिटल प्रणाली लागू गर्ने तयारी गरिएको पौडेलले जानकारी दिए।

डिजिटल प्रणालीबाट नक्सा पास गर्दा कागजपत्र सुरक्षित रहने तथा तथ्यांक राख्न र चाहिएका बेला तुरुन्त खोज्न सहज हुन्छ। नक्सा पासबाट संकलन हुने शुल्कसमेत पारदर्शी हुन्छ। त्यसैगरी महानगरमा कति घर र आवास भवन बन्दै छन, घर वा व्यावसायिक प्रयोजनका लागि निर्मित भवनले कर तिरे वा नतिरेको जानकारीसमेत सजिलै पाउन सकिने गरी प्रणाली डिजिटलाइज गरिएको पौडेलले बताए।

यता सेवाग्राहीले भने पुरानो प्रणालीभन्दा डिजिटल प्रणाली झन्झटिलो भएको गुनासो गरेका छन्। कम्प्युटरको सर्भर डाउन हुने, नेटले ढिलो काम गर्ने र लोडसेडिङले गर्दा डिजिटल प्रणालीबाट नक्सा पास गराउँदा हैरानी खेप्नु परेको सापकोटा एन्ड सन्स इन्जिनियरिङ कन्सल्टेन्सीका रामप्रसाद सापकोटाले बताए। 'कागजी प्रणालीभन्दा पनि ढिलो छ डिजिटल प्रणाली। कहिले नेट हुँदैन भने कहिले विद्युत हुँदैन,' सापकोटाले भने, 'सहज र सरल हुनुपर्ने तर डिजिटल प्रणाली कागजीभन्दा झन्झटिलो छ।' उनका अनुसार एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा फाइल ट्रान्स्फर हुन घन्टौं लाग्ने र समयमा अपडेट नहुनेजस्ता समस्या छन्।

नक्सा शाखा प्रमुख पौडेल भने सापकोटाको कुरा स्वीकार्न तयार छैनन्। पौडेल भन्छन्, 'डिजिटल नक्सा पास प्रणाली जान्नेका लागि श्रीखण्ड हो भने नजान्नेका लागि खुर्पाको बीँड हो,' उनी भन्छन्, 'सिस्टममा काम गर्न नचाहनेका लागि झन्झटिलो भएको होला।' अनलाइनबाट फाइल पठाएपछि घरबाटै आफ्नो फाइल कहाँ पुग्यो, के भइरहेको छ जानकारी लिन सकिने भए पनि सेवाग्राही कार्यालय नै धाइरहेकाले झन्झटिलो लागेको हुनसक्ने पौडेलको अनुमान छ। समय र आधुनिक प्रविधि प्रयोगबाट सबैले सुविधा लिनुपर्ने पौडेलले सुझाए।

महानगरपालिका–१४ कंलकीका उत्तम पाण्डेले पनि डिजिटल प्रणाली झन्झटिलो भएको बताए। उनका अनुसार पहिलाको तुलनामा समय झनै बढी लाग्ने गरेको छ। त्यसैगरी महानगरपालिकाले नक्सा पास डिजिटल प्रणालीबाट नै गरे पनि डिजिटल प्रणालीबाट प्रमाणपत्र जारी गर्न सकेको छैन। डिजिटल हस्ताक्षर कानुनी मान्यताप्राप्त नभइसकेका कारण पुरानै प्रणालीबाट प्रमाणपत्र जारी गरिएको पौडेलले जानकारी दिए। उनका अनुसार आउँदा असारदेखि डिजिटल हस्ताक्षरले कानुनी मान्यता पाउने भएकाले त्यसपछि डिजिटल प्रणालीबाटै प्रमाणपत्र जारी गरिनेछ।

महानगरलाई आधुनिक प्रविधिमैत्री तथा कागजरहीत बनाउने र स्मार्ट सहरको रुपमा विकास गर्ने योजनाअन्तर्गत महानगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कोष र संयुक्त अधिराज्य बेलायत विकास कोष (युकेएड) को संयुक्त प्रयासमा अनलाइन नक्सा पास प्रणाली विकास गरिएको हो। डिजिटल प्रणाली तीन वर्ष परीक्षणपश्चात् गत मंसिरमा कार्यान्वयन गरिएको हो।

के हो डिजिटल नक्सा पास प्रणाली
घरको नक्सा बनाइसकेपछि जग्गाधनी वा कन्सल्ट्यान्सीलाई महानगरले 'युजर नेम' र 'पासवर्ड' दिन्छ। यसपछि विवरण भर्ने पेजमा पुगिन्छ। यस पेजमा जग्गाको लालपुर्जा, घरको नक्सालगायत विवरण भर्नु पर्छ। अपलोड भएका फाइल अध्ययनपछि महानगरले डिजिटल प्रणालीबाट दर्ता गरी सम्बन्धित व्यक्तिलाई राजस्व तिर्न लगाउँछ। त्यसपछि फाइल वडामा पुग्छ र जग्गाबारे छानबिन गर्छ। वडाले दिएको जग्गासम्बन्धी रिपोर्टसहितको फाइल फेरि महानगर पठाउँछ। महानगरमा फाइल आएपछि स्वीकृत हुन्छ र नक्सा पास प्रमाणपत्र दिन्छ।

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।