Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

'दुःखेको मनलाई विश्वासले जित्नुस्'

(0 votes)
'दुःखेको मनलाई विश्वासले जित्नुस्'
सिन्धुपाल्चोक- भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकको अवलोकन भ्रमणमा आएका संयूक्त राष्ट्र संघका नायब महासचिव जान एलियासन आइतबार जिल्ला अस्पताल पुग्दा भावुक देखिए। क्षतिग्रस्त भवन छेउ खुला जमिनमा टेन्टमा सञ्चालित अस्पताल उनले गहिरो गरी नियाले।


nepali-patro-may
'छिट्टै स्वास्थ्य लाभ गरी घर फर्कँनु होला,' टेन्टमा उपचाररत बिरामीको स्वास्थ्यस्थिति जानकारी लिँदै एलिआसनले भने, 'तपाईँहरु एक्लो हुनुहुन्न । हामी सँगसँगै छौँ ।' नमस्कारको आदर गर्दै उनले एकेक बिरामीलाई सञ्चो/बिसञ्चो सोधनी गरे। 'तपाईँहरुलाई जति दुःख अरुलाई छैन,' बिरामीलाई ढाडस दिँदै उनले थपे, 'दुःखेको मनलाई विश्वासले जित्नुछ।'

बिपत्तिपछि अस्पतालले पुर्या'इरहेको सेवाबारे उनले गहिरो चासो लिए। स्वस्थ्य पिउने पानीको व्यवस्था कस्तो छ भनेर उनले बिरामीसँगै जिज्ञासा राखे। 'तपाईँहरुले भोगिरहेको दुःख म फर्केर पहिलो पटक मेरो परिवारलाई सुनाउनेछु,' बिरामीको हात सुम्सुमाउँदै नायव महासचिव एलियासनले सुनाए, 'मेरा तीन सन्तान र आठ नातानातिना छन् । उनीहरुले तपाईँहरुको समस्या बुझ्नु जरुरी छ।' आफू फर्के पनि निरन्तर स्वास्थ्यस्थिति जानकारी लिइरहने अश्वासन उनले बिरामीलाई दिए।

'म फर्केपछि तपाईँहरुका लागि राष्ट्र संघले सकरात्मक सन्देश पठाउने छ,' भूकम्प पीडित बिरामीलाई आश्वस्त तुल्याउँदै उनले भने। भूकम्पपछि चार महिना टुँडिखेलको खुला चौरबाट उपचार दिएको अस्पताल त्यसपछि टेन्टमा सरेको हो। अस्पतालकी चिकित्सक डा. सविना पराजुलीले बिसम परिस्थितमा पनि स्वास्थ्य सेवा दिन कुनै कञ्जुस्याँई नगरेको नायव महासचिवलाई जानकारी गराइन्। 'सबैको सहयोग मिलेको छ। त्यही सहयोग मानवीय सेवामा लगाइरहेका छौं,' उनले भनिन्।

अस्पतालसँग मिलेर काम गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का आकस्मिक जिल्ला सहयोग अधिकृत डां शुभाष न्यौपानेले संस्थाले पुर्या्इरहेको सहयोग जानकारी गराए। 'नजिकिँदो बर्खामा बिरामीको हितलाई ध्यान राख्दै टेन्टमाथि त्रिपाल छाएका छौँ। यसले घामपानी छेल्ने विश्वास छ,' उनले भने।

नायव महासचिव एलियासनले भूकम्पका घाइते पुनस्थापना इकाइको पनि अवलोकन गर्दै त्यहाँ उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले सामूहिक फोटोसमेत खिचाएका थिए।

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।