Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

सुक्यो राइनो ताल, डुंगा खियाउने तालमा कमिला हिड्ँदै

(0 votes)
सुकेको ताल क्षेत्र सुकेको ताल क्षेत्र
चितवन– डुंगा सयरकालागि ख्याती कमाएको चितवनको बरण्डाभार जंगल भित्रको राइनो ताल सुकेर कमिला हिँड्ने भएको छ । झण्डै छ बिघा क्षेत्रफलमा फैलिएको तालमा अहिले सानो कुनामा पानीको नाम मात्रै बाँकी छ।
nepali-patro-may
तालको बाँकी भाग सुकेर जमिनको पट्पट्टी धाँजा फाटेको छ। बरण्डाभार जंगल वन्यजन्तुको राम्रो वासस्थल हो । सो क्षेत्रको ताल अचानक सुक्दा जंगली जनावरहरुमा नकारात्मक असर पर्ने खतरा बढेको छ । बरण्डाभार क्षेत्रको रामवेल सामुदायिक वनभित्र रहेको छ सो ताल। सफा गर्नका लागि ताल सुकाउन र गहिराउन भन्दै केही महिनाअघि पानी झिकेर फ्याकिँएको थियो। तर पानी कम भएपछि ताल सफा गर्ने र गहिरो बनाउने काम अलपत्र छाडियो। लामो खडेरीमा पनि तालले कुनै स्याहार नपाएपछि अहिले अस्तित्व नै मेटिने अवस्थामा पुगेको हो । वनका पदाधीकारीहरु वर्षायाममा पानी परेपछि ताल भरिएला नि भन्दै बसेका छन् ।

सो वन क्षेत्रमा लामो समयदेखि घाँस काट्दै आएका रत्ननगर नगरपालिका–१० जिरौनाका डिल्लीराम ढकाल तालको अवस्था देख्दा चिन्तित छन्। 'यसरी ताल कहिल्यै सुकेको थिएन । वर्षायाममा त पानी टन्नै हुन्थ्यो हिउँद र गर्मीमा पनि सधै डुंगा चलाएको देखेको हो । अहिले यसरी स्वाट्टै सुकेछ', सोमबार बिहान ताल नजिक भेटिएका डिल्लीरामले भने ।

'सफा गर्न र गहिरो बनाउन भनेर पहिला पानी फ्याक्यौं । खडेरी पनि लामो नै चल्यो त्यही भएर अहिले पुरै सुके झै भएको छ । पानी प¥यो भने फेरि भरिएला', रामवेल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चेतबहादुर थापाले भने। तालमा जलकुम्भी र अन्य मिचाहा झार भरिएपछि सफा गर्नका लागि भनेर पानी बाहिर फालेको उनले बताए। ताल सुकाएर एक मिटर गहिरो बनाउने योजना पनि समितिको थियो ।

'तर काम पुरा भएन । गहिरो बनाउने काम सुरु नै भएन । पानी बाहिर गएकै थियो आकासबाट पनि आएन । त्यसैले ताल सुख्खा भएको हो । उ बेलामा पानी नफालेको भए अहिले खडेरी भए पनि केही न केही पानी त हुने थियो होला', अध्यक्ष थापाले भने। जंगलका विभिन्न क्षेत्रबाट खोल्सामा पानी बग्दै आएर तालको रुप लिएको थियो । वन समितिले अग्लो बाँध बानेर डुंगा नै चलाउन मिल्ने आकर्षक ताल बनाएको थियो ।

भरतपुर उपमाहनगरपालिकाको वातावरण मैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गतको चार लाख २० हजार रुपैयाँ खर्च गरेर ताललाई आकर्षक बनाउने अभियान पनि सुरु भएको थियो। तर जैविक महत्वको जंगलभित्र रहेको पर्यटकीय दृष्टीले पनि आकर्षक ताल अब अस्तितव्मा आउने नआउने शंका बढेर गएको छ। बरण्डाभार जंगल चितवन निकुञ्जलाई चुरेर महाभारत पर्वतसँग जोड्ने महत्वपुर्ण जैविक मार्ग हो ।

तालको पछिल्लो अवस्था अवलोकन गरेका पशु विज्ञान विषयका प्रध्यापक डा.कृष्ण काफ्ले यस्तो महत्वको ताल हराउँदा वन्यजन्तुमा नराम्रो असर पर्ने बताउँछन् । दर्जनभन्दा धेरै गैंडा र केही बाघ तथा सयौं हरिण र असंख्य चराहरुले पानी खाने ताल थियो त्यो । पछिल्लो समय डुंगा चलाएर सिनेमा तथा म्युजिक भिडियो त्यो तालको आडमा खिचिएको थियो । भरतपुर नजिकै रहेको पूर्व पश्चिम राजमार्गको टिकौलीबाट लगभग तीन किलो मिटर उत्तरमा सो ताल छ ।

'पानी सुकेपछि जनावरहरु तिर्खाले छटपटिने छन् । सधै पानी खाने ठाउँमा अहिले थोरै पानी त छ । त्यो खाना थुप्रै जनावरहरु एकै ठाउँ आउँदा विभिन्न रोगका किटाणु जिवाणु फैलने र रोगको संक्रमण बढ्ने खतरा रहन्छ' रामपुर कृषि क्याम्पसमा पढाउने प्रध्यापक डा.काफ्लेले भने । कृषि तथा वन विश्व विद्यालयमा पढाउने अनन्त सुवेदीलेप्रसस्त चरा र माछा रहेको ताल क्षेत्र मासिनु दुखद भएको बताए ।

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।