सडक दुर्घटनामा दुुईको मृत्युु, १८ घाइते
- बिहीबार ३० बैशाख, २०७३
- नागरिक
- Published in सडक दुर्घटना
- Read 821 times
- font size decrease font size increase font size
- Be the first to comment!
दुर्घटनामा परी बर्दिया गुलरीयाका २३ वर्षिय लाल बहादुर मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। दुर्घटनामा गम्भिर घाइते भएका मगरको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारकाक्रममा मृत्यु भएको हो। गम्भिर घाइते २ जनाको अञ्चल अस्पतालमा उपचार भइरहेको र अन्य घाइते सामानय उपचार पश्चात घरतर्फ लागेको
प्रहरीले जनाएको छ।
यस्तै बुटवलको बस पार्क नजिकै बिहीबार बिहान एउटा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान अन्दाजी ३ बजे नम्बर नखुलेको जीपले ठक्कर दिँदा अन्दाजी ४५ वर्षीय एक पुरुषको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
प्रतिक्रिया
चट्याङले दुई युवतीको मृत्यु, एक घाइते
तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...
असारदेखि घर-नक्सा पूर्ण डिजिटल
काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...
राजमार्गमा छैन फुटपाथ
भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'
सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच
काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...
नजलेका काठको क्षतिपूर्ति सिफारिस
डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने
भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...
लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै
भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।