Monday 30 Mangshir, 2076 | December 15, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

तनहुँमा बस दुर्घटना, ११ जना घाइते (नामसहित)

(0 votes)
तनहुँ- चितवनको मुग्लिङबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४ ख ७९२४ नम्बरको बस बिहीबार दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। आँबुखैरेनी पावर हाउसनजिकै बस अनियन्त्रित भई सडकबाट ७५ मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
nepali-patro-may

घाइते हुनेमा रुकुमखोला–२ का २१ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ४० वर्षीय बेलबहादुर विक, बन्दीपुर–८ की ३० वर्षीया गनिमाया मगर, गोरखा ताप्ले–८ का ३० वर्षीय समुन्द्र भट्टराई, भानु–८ का ३० वर्षीय अमृत अधिकारी, घाँसीकुवा–३ का २७ वर्षीय विकास विक, व्यास–२ का ३४ वर्षीय काजिमान श्रेष्ठ, व्यास–८ का २० वर्षीय अर्जुन विक, व्यास–११ का ३९ वर्षीय हरिकुमार श्रेष्ठ, चितवन दारेचोकका ६४ वर्षीय कमलनारायण श्रेष्ठ र विरगन्ज घर भई हाल बन्दिपुर–१ बस्ने ५० वर्षीय सुरेन्द्रप्रसाद साह रहेका छन्। 

घाइतेको बी एन्ड बी अस्पताल, काठमाडौँ र भरतपुर मेडिकल कलेज, चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

Last modified onFriday, 13 May 2016 12:05

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।