Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

दिल्लीलाई सफलता

(0 votes)
दिल्लीलाई सफलता
हैदराबाद–माथिल्लो क्रमका ब्याट्सम्यानले सामूहिक प्रदर्शन गरेपछि दिल्ली डेरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबार सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ ।
nepali-patro-may
१ सय ४७ रनको लक्ष्य पछ्याएको दिल्लीलाई हैदराबादका बलरले खासै समस्यामा पार्न नसकेपछि टोलीले ११ बलअघि नै विजय लक्ष्य भेटेको थियो । हारका बाबजुद हैदराबाद अंकतालिकाको शीर्ष स्थानमा छ । ११ खेलमा हैदराबादले १४ अंक जोडेको छ । दोस्रो स्थानको गुजरात लायन्ससँग पनि १४ अंक छ । घरेलु मैदानमा हार बेहोरेका हैदराबादले अब तीन खेल अवे खेल्नेछ ।

१० खेलमा १२ अंक जोडेको दिल्ली तेस्रो स्थानमा उक्लेको छ । दिल्लीको सुरुआत खासै राम्रो हुन सकेन । क्विन्टन डी कक र मायंक अग्रवालले ओपनिङ साझेदारी धेरै समय टिकाउन सकेनन् । टोलीले २० रन जोड्दा मायंक (१०) आउट भएका थिए । त्यसपछि ब्याटिङ गर्न आएका करुण नैयर र डी ककले दोस्रो विकेटमा ३७ बलमा ५५ रनको साझेदारी गरेपछि टोली उकासिएको थियो । नैयर २० रनमा आउट भए ।

१० औं ओभरमै तीब्र बलर मोएसेस हेनरिक्वेजले नैयर र डि ककको विकेट लिएपछि खेलमा हैदराबादको पकड रहने अनुमान गरिएको थियो । तर, सन्जु सामसन र रिसब पन्तले अविजित ७२ रनको साझेदारी गरेपछि दिल्लीको जित निश्चित बन्यो । डी ककले टोलकिा लागि ३१ बलमा ५ चौका र २ छक्का मद्धतमा सर्वाधिक ४४ रन जोडे । नैयरले २० रन बनाए । सामसन ३४ र पन्त ३९ रनमा अविजित रहे । हैदराबादबाट अर्को विकेट आशिष नेहराले लिएका थिए ।

त्यसअघि टस हारेको हैदराबादले ८ विकेट गुमाई १ सय ४६ रन बनाएको थियो । कप्तान डेविड वार्नर र शिखर धवनले पावर प्लेमा ५१ रनको साझेदारी गर्दै हैदराबादलाई उत्कृष्ट सुरुआत दिलाए । उनीहरूले पहिलो विकेटमा ६७ रनको साझेदारी गरे । जयन्त यादवको बलमा बोल्ड हुनुअघि वार्नरले ४६ रन बनाए । सर्वाधिक रन बनाएका उनको ३० बलको इनिङमा ६ चौका र १ छक्का सामेल छ । धवनले ३४ रन जोडे । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले २७ र दीपक होडाले १० रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यान भने सस्तैमा आउट भए ।

अमित मिश्राले उच्च प्रदर्शन जारी राख्नेक्रममा दुई विकेट लिए । उनले युवराज सिंह (८) र धवनको विकेटले लिएका थिए । नाथन काउल्टर नेलले ४ ओभरमा २५ रन दिँदै २ विकेट लिए ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...