Sunday 1 Bhadra, 2076 | August 18, 2019
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

क्याथफोर्डलाई सितेशको प्रेरणा

(0 votes)
काठमाडौं- सितेश तिवारीको अविजित ४१ रनप्रेरित क्याथफोर्ड कलेजले आइतबार थेम्स अन्तर कलेज कप क्रिकेट प्रतियोगितामा महेन्द्र मल्टिपल क्याम्पसलाई ७ विकेटले पराजित गरेको छ। भक्तपुरस्थित सैनिक आवासिय विद्यालयमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्र मल्टिपल क्याम्पसले १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन मात्र जोड्न सकेको थियो। १ सय ३८ रनको लक्ष्य क्याथफोर्डले ३ बल अघि ३ विकेट गुमाएर पूरा गरेको थियो।


nepali-patro-may
क्याथफोर्डका ओपनर शुशान्त नेपाल र सचिन तिमिल्सिनाले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरे। शुशान्तले ३३ बलमा ६ चौका सहित ३५ रन बनाए भने सचिनले २१ रन जोडे। सितेशले २८ बलमा ७ चौका सहित ४१ रन बनाएका थिए। निश्चल राणा १७ रनमा अविजित रहे। महेन्द्र मल्टिपलका लागि रोशन कुमार शाह, शरद राजभन्डारी र अभिशेक शाहीले १/१ विकेट लिए।

त्यसअघि महेन्द्र मल्टिपलका लागि ओपनर शुशान्त बास्तोलाले सबैभन्दा धेरै २८ रन बनाए। राजेश कोकाहाले २४, सिताराम दहितले १६, अभिशेक शाहीले १४ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

क्याथफोर्डका शुशान्त, उमेश भट्ट, अमन बज्रचार्य र सितेशले २/२ विकेट लिए भने निश्चल र अच्युत भन्डारीको नाममा १/१ विकेट रह्यो।

आइतबारै अर्को खेलमा महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पसले केसिएमआइटीमाथि ७ विकेटको जित निकालेको छ।

टस जितर पहिले ब्याटिङ गरेको केसिएमआइटीले १८.५ ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो। टोलीका लागि सौरभ झाले २९, आयुश विजुक्छेले १० र विवेक बुढाथोकीले १० रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेख्य हुन सकेन।

महेन्द्र मोरङका लागि सुदिप निरौला र अमित कुमार यादवले समान ३ विकेट लिए भने निरज राजवंशीले २ विकेट लिए। मनिष बस्नेत र रोकेश खनालको नाममा १/१ विकेट रह्यो।

९३ रनको लक्ष्छ महेन्द्र मोरङले १५.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। महेन्द्र मोरङका विकेश शर्मा, विशरध राजोपाध्याय, र निरजले १९ रनको समान स्कोर बनाए। ओपनर राजु शर्मा १० रनमा पवेलियन फर्किए। केसिएमआइटीका सौरभले २ र आयुशले १ विकेट लिए।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...