Wednesday 27 Kartik, 2076 | November 12, 2019
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

कलैया फाइनलमा

(0 votes)
कलैया फाइनलमा
काठमाडौं- सुनिल धमलाले ब्याटिङ र अभिनाष कर्ण बलिङमा उच्च प्रदर्शन गरेपछि कलैया क्रिकेट क्लब जगशक्ति सांसद कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ।
nepali-patro-may
कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा जारी प्रतियोगिताको आइतबार भएको प्लेअफमा विराटनगरको विराट क्रिकेट सोसाइटीलाई ८ विकेटले हराउँदै कलैयाले भारतको राँची क्रिकेट क्लबसँगको फाइनल भेट पक्का गरेको हो। अपराजित अंक तालिकाको शीर्षमा रहेको राँची शनिबार नै फाइनल पुगेको थियो। प्ले अफमा दोस्रो स्थानको कलैया र विराटबीच भएको थियो।

टस जितेर ब्याटिङ गर्ने विराटको निर्णयलाई घरेलु टोली कलैयाले असफल पारेको थियो। १९.१ ओभरमा अलआउट भएको विराटनगरले १ सय १० रनमात्र बनाउन सक्यो। विराटलाई रोक्न कलैयाका अभिनाष कर्ण सबैभन्दा प्रभावकारी रहे। उनले ३.१ ओभर बलिङ गर्दै ३ रन खर्चेर ३ विकेट लिएका थिए। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले ४ ओभरमा २४ रन दिएर २ विकेट लिए। राष्ट्रिय खेलाडी बसन्त रेग्मीले ३ ओभरमा १८ रन दिएर १ र समिर नेपालले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए। विराटका लागि ३ खेलाडीबाहेकले १० रनको आँकडा पार गर्न सकेनन्।

१ सय ११ रनको लक्ष्य पछ्याएको कलैयाले सुनिल धमालाको अर्धशतकको मद्दतमा १५.१ ओभरमा मात्र २ विकेट गुमाएर १ सय १३ रन जोडेको थियो। सुनिलले पहिलो विकेटका लागि अमित श्रेष्ठसँग ५७ र दोस्रो विकेटका लागि आसिफ शैखसँग ४२ रनको साझेदारी गरे। पुष्प थापाको बलमा निशान्त कुमारद्वारा स्टम्पिङ हुनुअघि सुनिलले ५४ रन बनाएका थिए। म्यान अफ दी म्याच सुनिलले ३६ बलमा ७ चौकाका साथ ५४ रन बनाए। आसिफ ३४ र अनिल शाह ३ रनमा अविजित रहे। आसिफले २३ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए। २८ बल खेलेका अमितले २ चौकाका साथ ५४ रन बनाए। उनी मनोज मण्डलको बलमा एलबिडब्लू आउट भएका थिए।

त्यसअघि विराटका लागि पूर्व राष्ट्रिय खेलाडी महबुब आलमले सर्वाधिक ४६ रन बनाएका थिए। छैटौं नम्बरमा ब्याटिङमा उत्रेका महबुबले पुष्पसँग पाँचौं विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए। त्यो टोलीको सबैभन्दा ठूलो साझेदारी थियो। टोलीको अन्तिम विकेटका रुपमा आउट हुनुअघि महबुबले २९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरेका थिए। पुष्पले ३० बलमा ३ चौका र १ छक्काका साथ २७ रन जोडे। ओपनर सादब अख्तरले १४ रन बनाए। टोलीका तीन खेलाडीले खाता सम्म खोल्न सकेनन् भने चार खेलाडी ५ रनभन्दा कममा आउट भए।

सुनिल जारी प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्। प्रतियोगितामा आइतबार पहिलो अर्धशतक बनाएको उनले पाँच इनिङमा सबैभन्दा बढी १ सय ५८ रन बनाएका थिए। उच्च रन बनाउने खेलाडीको सुचिको दोस्रो स्थानमा पनि कलैयाकै आसिफ छन्। उनले ४ इनिङमा १ अर्धशतकसहित १ सय ५१ रन जोडेको छन्।

राचीका नागेन्द्र मिश्र १ सय १५ रनका साथ तेस्रो स्थानमा छन् भने चौथो देखि सातौं सम्म विराटका खेलाडी छन्। महबुब (९८) चौथो, निर्मल थापा (८७) पाचौं, पुष्प (८०) छैटौं र हासिम अन्सरी (७९) सातौंमा छन्।

बलिङमा पनि कलैयाकै बसन्त शीर्षस्थानमा छन्। ५ इनिङमा १८.२ ओभर बलिङ गरेका उनले ११ विकेट लिएका छन्। भैरहवा न्यू होराइजनका कृष्ण कार्कीले पनि ११ विकेट लिएर दोस्रो स्थानमा छन्। राँचीका मोन्टी सिंह (९) तेस्रो, विराटका सादब (८) चौथो, ७ विकेट लिएका कलैयाका विनोद पाँचौं, राँचीका परितोष कुमार छैटौं र भैरहवाका धिरज शाही सातौंमा छन्।

बारा जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको फाइनल सोमबार हुनेछ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...