Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

हिग्विनको नयाँ कीर्तिमान

(0 votes)
हिग्विनको नयाँ कीर्तिमान

रोम- गोन्जालो हिग्विनले इटालियन सिरी 'ए' को एउटै सिजनमा सर्वाधिक गोलको कीर्तिमान बनाएको दिन नेपोलीले शनिबार रेलिगेसनमा परिसकेको फ्रोसिनोनेमाथि ४–० को जित हासिल गर्दै आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ।


nepali-patro-may
लिगमामात्र ३६ गोल गरेर कीर्तिमान बनाएका हिग्विनले आफ्ना गोलले व्यक्तिगत उपलब्धीका साथै क्लबलाई पनि सफलता दिलाएकोले ती गोलहरु अर्थपूर्ण रहेको प्रतिक्रिया दिए। 'मलाई नयाँ कीर्तिमान बनाउन सक्दा आज निकै खुसी लागेको छ। हामी च्याम्पियन्स लिगलाई पनि छनोट भएका छौं। त्यसले खुसी अझै थपिएको छ,' शनिबार सान पाउलो रंगशालामा जितपछि हिग्विनले भने, 'यसका लागि मैले धेरै मानिसलाई धन्यवाद दिनुपर्छ। मेरो परिवार, नेपोलीको क्लब व्यवस्थापन, खेलाडीहरु, प्रशिक्षक र मेडिकल टिम सबैप्रति म धन्यवाद दिन चाहन्छु।'

एएस रोमाले एसी मिलानमा ३–१ को जित हासिल गरे पनि नेपोलीको जितका कारण टोली सोझै च्याम्पियन्स लिग खेल्ने अवसरबाट बाहिरियो। इटालियन सिरी 'ए' बाट शीर्ष दुई टोली सोझै च्याम्पियन्स लिगका लागि छानिन्छन् भने तेस्रो हुने टोलीले प्लेअफ खेल्नुपर्नेछ।

युभेन्ट्सले यसअघि नै उपाधि पक्का गरिसकेको अवस्थामा शनिबारका नतिजापछि नेपोली ८२ अंकका साथ दोस्रो स्थान पक्का गर्न सफल भयो। रोमा भने ८० अंकका साथ तेस्रो स्थानमा सिमित भयो।

गतमहिना नै पाँचौं पटक लगातार उपाधि पक्का गरेर कीर्तिमान बनाएको युभेन्ट्सले शनिबार १० जनामा सिमित भएर खेलको अन्त्य गरेको साम्पडोरियामाथि ५–० को जित दर्ता गरायो। घरेलु टुरिनको मैदानमा यु्भेन्ट्सले प्रभावशाली जित हासिल गर्दा पाउलो डिबालाले दुई गोल गरे भने प्याटि्रक इभ्रा, जर्जियो चिलियानी र लियोनार्दो बोनुचीले एक/एक गोलमा नाम लेखाए। इभ्राले अग्रता दिलाएको ९ मिनेटपछि १४ औं मिनेटमा साम्पडोरियाका मिलान स्त्रि्कनिरले रातो कार्ड सामना गर्दै मैदान छोडेका थिए।

नेपल्समा मारेक हाम्सिकले मध्यान्तर हुन एक मिनेट बाँकी रहादा दिलाएको अग्रतामा नेपोलीका लागि बाँकी तीन गोल हिग्विनले दोस्रो हाफमा गरेका थिए। मिर्को गोरीले १३ औं मिनेटमा रातो कार्ड सामना गरेपछि फ्रोसिनोनेले १० जनामा सिमित भएर ७७ मिनेटभन्दा बढि समय खेल्नु परेको थियो। त्यसकै फाइदा उठाउने क्रममा हिग्विनले ५२, ६२ र ७१ औं मिनेटमा गोल गर्दै सिरी 'ए' मा कीर्तिमान बनाए।

शनिबारका गोलसँगै हिग्विनले इटालियन सिरी 'ए' मा ६६ वर्ष पुरानो एकै सिजनमा सर्वाधिक गोलको कीर्तिमान तोडे। यसअघि गुनार नोर्डाहलले १९५० मा ३५ गोल गर्दै बनाएको कीर्तिमान इटालियन सिरी 'ए' मा कामय थियो।

पछिल्लो दुई सिजनको उपविजेता रोमाले यसपाली पनि त्यही उपलब्धी रक्षा गर्ने उदेश्यमा शनिबार मिलानमाथि विजय हासिल गर्दा मोहमद सालेह, स्टेफन अल शारावी र इमर्सनले गोल गरे भने पराजित मिलानका लागि कार्लोस बाकाले सान्त्वना गोल फर्काए।

इटालियन सिरी 'ए' मा शनिबारै सम्पन्न अर्को खेलमा सासौलोले १० जनामा सिमित भएर मैदान छोडेको इन्टर मिलानमाथि ३–१ को जित दर्ता गरायो।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...