Thursday 26 Mangshir, 2076 | December 12, 2019
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

मेसी र रोनाल्डोपछिका नायक स्वारेज

(0 votes)
मेसी र रोनाल्डोपछिका नायक स्वारेज
बार्सिलोना- बार्सिलोनामा दुई वर्ष विताउँदा लुइस स्वारेजले ६ उपाधी जितिसकेका छन्। शनिबार बार्सिलोनाले उपाधी रक्षा गर्दा स्वारेजले सहयात्री लियोनेल मेसी र रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई छाँयामा पार्नाका साथै आफ्ना आलोचकको मुख पनि टालिदिएका छन्।
nepali-patro-may
स्वारेजको ह्याटि्रकमा क्याटलानको क्लबले शनिबार ग्रानडालाई ३–० ले पराजित गरेपछि लगातार दोस्रो पटक स्पेनिस ला लिगाको उपाधी जितेको छ। सिजनमा उनले आफै ५९ गोल गर्नुका साथै २६ गोलका लागि अन्तिम पास मिलाई दिएका छन्।

५९ गोल मध्ये उनले ४० गोल ला लिगामा गरेका छन्। यससँगै उनले ७ वर्ष देखी मेसी र रोनाल्डोको बर्चस्व तोड्दै ला लिगाको उच्च गोलकर्ता (पिचिची अवार्ड) जितेका छन्। स्पेनिस फुटबलमा मेसी र रोनाल्डोपछि सफल खेलाडीको पहिचान स्थापित गर्न वितेको सिजन मैदानमा गरेको प्रदर्शन स्वारेजका लागि पर्याप्त भयो।

२०१३/१४ को सिजनमा बार्सिलोनालाई तीन ठूला उपाधी दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरे पनि स्वारेज बालन डि'अर एवार्ड (विश्वकै सर्वोच्कृष्ट फुटबलर) का लागि शीर्ष तीनको मनोनयनमा पर्न सकेका थिएनन्। विश्वकै उत्कृष्ट खेलाडीको सुचीमा नेइमार, मेसी, र रोनाल्डो मनोनित भएका थिए।

आफ्नो खेल जीवनमा विपक्षी खेलाडीलाई ३ पटक टोकिसकेका स्वारेजलाई उच्च क्षमता भएका विवादास्पद खेलाडीका रुपमा लिइन्छ। लगातारको विवाद उरुग्वेका स्वारेजका लागि महंगो सवित भएको थियो। पछिल्लो तीन वर्षमा त्यस्ता कुनै विवादित विषयका कारण स्वारेज प्रतिबन्धमा नपरेको यो पहिलो सिजन हो।

क्रिस्टियानो रोनाल्डाको दुई गोलप्रेरित रियाल मड्रिडले डेपोर्टिभो ला कोरुनालाई २–० ले पराजित गरे पनि बार्सिलोनालाई उपाधी उचाल्नबाट रोक्न सकेन। लिगमा रियालको यो लगातार १२औं जित हो। बार्सिलोनाले आफ्नो खेल जितेपछि उपाधी होडमा रियाल १ अंकले पछि रह्यो।

बार्सिलोनालाई उपाधी जिताउन फेरी एकपटक दक्षिण अमेरिकी स्टारहरु मेसी, स्वारेज र नेइमार (एमएसएन)को भुमिका मुख्य रह्यो। तीन मध्ये स्वारेजको लय एकरुपको थियो। पूरा सिजन अग्रपंक्तिमा तीनजनाको तालमेल राम्रो बन्यो। जुन क्याटलान क्लबको उपाधी यात्राको सुनौलो पाटो रह्यो।

मुख्य खेलाडी

लिगामेन्ट चोटका कारण मेसी सिजनको सुरुमा २ महिना मैदान बाहिर हुँदा पनि स्वारेजले उनको अनुपस्थिती खट्किन दिएनन्। त्यतिबेला उनले १० खेलमा १२ गोल गरेका थिए। जसमा रियाललाई ४–० ले हराउँदा उनले २ गोल गरेका थिए।

जनवरीमा एट्लेटिकोलाई २–१ ले पराजित गर्दै शिर्ष स्थानमा रहँदा पनि स्वारेजले विजयी गोल गरेका थिए। सिजनमा सबैभन्दा स्मरणीय भने फेब्रुअरीमा सेल्टा भिगोलाई ६–१ ले पराजित गर्दा पेनाल्टीमा मेसीले स्वारेजलाई पास दिएका थिए। त्यही गोलमा स्वारेजले ह्याटि्रक पूरा गरेका थिए।

'गोल गर्ने क्षमता र मिहिनेत गर्ने वानीका कारणले हाम्रा लागि स्वारेज मुख्य खेलाडी हुन्,' बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले भने।

१३ वर्षमा पहिलो पटक बार्सिलोनाले ला लिगामा लागातार ३ हार बेहोर्दा स्वारेजले गोल एउटै गोल गर्न सकेका थिएनन्। तर पछिल्ला ५ खेलमा १४ गोल गर्दै स्वारेजले आफ्नो क्षमता प्रमाणित गरे। तीनै पाँच जितका कारण बार्सिलोनाले रियाललाई १ अंकले पछि छाड्न सक्यो।

'हामीले उपाधी नजितेको भए मैले पिचिची एवार्ड जित्नुको अर्थ थिएन,' स्वारेजले भने, 'लिभरपुलमा त्यस्तै भएको थियो। हामी उपाधी नजिक थियौं र मैले धेरै गोल पनि गरेको थिएँ। तर अन्तिममा हामी उपाधी जित्न सकेनौं।'

दुई वर्ष प्रिमियर लिगमा विताउँदा उपाधी जित्न नसकेका स्वारेज विश्वकपमा जर्जियो चिलियानीलाई टोक्दा प्रतिबन्धमा परेका थिए। तर बार्सिलोनाबाट शनिबार अर्को उपाधि उचाल्दासम्म उनको त्यो छवि परिवर्तन भइसकेको छ। जसका कारण उनले पछिल्लो दशकमा स्पेनिस फुटबलमा राज गरिरहेका मेसी रोनाल्डोलाई पछि पार्दै पिचिची अवार्डका लागि आफूलाई पोडियमको लायक बनाएका छन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...