Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

प्रविधि

republica-headerdiscount-subscribe1

istl

आइफोन ह्याक भयो

(0 votes)
आइफोन ह्याक भयो
न्युयोर्क-गएको डिसेम्बर महिनामा क्यालिफोर्निया राज्यको सन बर्नियो सहरमा अन्धाधुन्द गोली हानी १४ जनाको हत्या गर्ने आतंकवादीको आइफोन ह्याक गर्न प्रहरी सफल भएको छ । यसलगत्तै प्रहरीले एप्पल कम्पनीमाथि आतंकवादी क्रियाकलापका सन्दर्भमा आइफोन ह्याक गरी महत्वपूर्ण सूचना पाउनुपर्ने अधिकार रहेको भन्दै अदालतमा मुद्दा हालेको थियो । यो सफलतासँगै प्रहरीले मुद्दा फिर्ता लिएको जनाइएको छ ।
nepali-patro-may
आतंककारी सइद फारुखको आइफोन खुलाउन संघीय अनुसन्धान ब्युरो (एफबिआई)ले तेस्रो कुनै कम्पनीको सहयोग लिएको थियो । आइफोन खुलाउने प्रयास गर्दा तेस्रो प्रयास पनि सफल नभए आइफोनमा भएका सम्पूर्ण सूचना स्वतः मेटिने गर्दछ । सूचना मेटिनबाट जोगाउन ह्याकरहरूको सहयोग लिइएको एफबिआईले जनाएको छ । २०१५ को डिसेम्बर २ मा फारुख र पत्नी तसफिन मलिक मिली सन बर्नियो सहरमा अन्धाधुन्द गोली हानेका थिए । घटनामा १४ को निधन भएको थियो ।

प्रतिक्रिया