10 Falgun, 2076 | February 22, 2020
Menu

प्रविधि

republica-headerdiscount-subscribe1

istl

नवविवाहितका लागि एप्स

(0 votes)
काठमाडौं–नवविवाहित जोडीलाई परिवार नियोजन र यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी दिन मोबाइल एप सञ्चालनमा ल्याइएको छ ।
nepali-patro-may
नेपालमा सानै उमेरमा विवाह गर्ने र कलिलै उमेरमा हुने सुत्केरी दरमा कमी नआएपछि मेरी स्टोप्स नेपालको सुनौलो परिवार नेपालले नवविवाहित जोडी (न्युलिवेड) एप बनाएको हो । एपमा दाम्पत्य जीवनसँग सम्बन्धित सम्पूर्ण जानकारी समावेश गरिएको मेरी स्टोप्स नेपालका निर्देशक केपी उपाध्यायले बताए ।

उपाध्यायका अनुसार विवाहलगत्तै दम्पतीबीच हुनसक्ने गलत बुझाइ तथा सही सूचनाको अभावमा झेल्नुपर्ने समस्या समाधान गर्न एप सञ्चालनमा ल्याइएको हो । 'प्रजनन स्वास्थ्यमात्र नभई यसमा विवाहअघि र पछि दम्पतीका लागि आवश्यक सम्पूर्ण सूचना समावेस छन्,' उनले भने, 'यो एप दम्पतीका लागि मात्र नभई परिवारका अन्य सदस्यका लागि समेत उपयोगी हुनेछ ।'

बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको एप अंग्रेजी माध्यममा छ । बिस्तारै नेपाली भाषमा समेत एपमा जानकारी राखिने बताइएको छ । एपसँगै न्यूलीवेडडटओआरजीडटएनपी नामको वेबसाइट पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया