Friday 9 Falgun, 2076 | February 21, 2020
Menu

republica-headerdiscount-subscribe1

जाजरकोटमा कैयौं मान्छेलाई बचायौं : स्वास्थ्यमन्त्री

(0 votes)

काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले जाजरकोटलगायतका जिल्लामा फैलिएको सिजनल फ्लु तथा स्वाइन फ्लुबाट बिरामीको मृत्यु रोकिएको बताएका छन्। 'महामारी प्रभावित क्षेत्रमा डाक्टरको सम्पर्कमा आएका बिरामीको मृत्यु रोकिएको छ', नागरिकन्युजको नागरिक शोका लागि अन्तरवार्ता दिँदै मन्त्री अधिकारीले भने।

एक साताभित्र महामारी नियन्त्रणमा आउने उनले दाबी गरेका छन्। मन्त्री अधिकारीले रोगको प्रकोप फैलिन सुरु भएदेखि नै सरकारले प्रकोप प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेको दाबी गरे। 'सरकार रोग नियन्त्रण गर्ने क्रममा छ,' उनले भने,'अब एक साताभित्र जाजरकोटलगाएका जिल्लामा देखिएको महामारी सामान्य अवस्थामा फर्काउँछौं।'

प्रकोप प्रभावित क्षेत्रमा अहिले पनि मानिसहरु धामी झाँक्रीकोमा जाने गरेकाले सरकारले मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमान्चलका ५० एफएम रेडियोबाट स्वास्थ्यसम्बन्धी सुचना प्रभावित गरिरहेको उनले बताए। प्रकोपले महामारीको रुप लिएपछि सो क्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोली, विश्व स्वास्थ्य संगठन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ज्ञानको स्वास्थ्य टोली प्रकोप प्रभावित विभिन्न क्षेत्रमा खटिरहेको मन्त्री अधिकारीले बताए।

प्रकोप प्रभावित क्षेत्रबाट स्वास्थ्यकर्मीको टोली फर्किएको भनेर संचारमाध्यमले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम गरेको आरोपसमेत लगाए। 'सरकारलाई, मन्त्रीलाई आरोप लगाउनुस,' उनले भने,'राति दिन अहोरात्र खट्ने चिकित्सकको मनोबल गिराउने काम नर्गनुस्।'

बाहिर आएजस्तो जिल्ला अस्पतालमा डाक्टर नभएको कुरा गलत भएको उल्लेख गर्दै मन्त्री अधिकारीले महामारी सुरु हुनु अगावै जाजरकोटमा चार जना चिकित्सक रहेको बताए। 'महामारी सुरु हुनु अगाडिदेखिनै जाजरकोटमा चार जनार ३१ वटा स्वास्थ्य संस्थामा चिकित्सक थिए,' उनले भने ।

सरकारले आगामी दिनमा जाजरकोटलगायत ९ ठाउँमा पचास बेडका अस्पताल बनाउने, दुर्गममा जाने स्वास्थ्यकर्मीलाई विशेष भत्ताको व्यवस्था गर्ने, छात्र वितृमा अध्ययन गरेका चिकित्सकले अनियार्व दुर्गममा जानुपर्ने व्यवस्था गर्न लागिएको मन्त्री अधिकारीले बताए।

नागरिक शो

प्रतिक्रिया