Monday 12 Falgun, 2076 | February 24, 2020
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

युवाहरूमाझ आत्महत्या लोकप्रिय !

(0 votes)
युवाहरूमाझ आत्महत्या लोकप्रिय !
लन्डन–भारतमा अल्पायुमै मृत्युवरण गर्नेको संख्या बढिरहेको एउटा तथ्यांकले देखाएको छ । लेन्सेन्ट कमिसनद्वारा मंगलबार जारी रिपोर्टमा युवा भारतीयले आत्महत्याको बाटो रोज्न थालेको र यसप्रति गम्भीर हुनुपर्ने विज्ञहरूको धारणा छ । लन्डनको युसिएल इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा आयोजित कार्यक्रममा लेन्सेन्ट कमिसनको रिपोर्ट जारी गरिएको थियो, जसमा किशोर स्वास्थ्य र स्वस्थ जीवनबारे तात्तातो बहस गरिएको थियो ।
nepali-patro-may
अंग्रेजी दैनिक द इन्डियन एक्सप्रेसले प्रकाशित गरेको रिपोर्टअनुसार २०१३ मा भारतमा १० देखि २४ वर्ष उमेर समूहका ६२ हजार ९ सय ६० ले आत्महत्या गरेका थिए । यसबाहेक ४१ हजार १ सय ८८ युवाको सडक दुर्घटनामा मृत्यु भएको थियो भने ३२ हजार १ सय ७१ को ज्यान क्षयरोगका कारण गएको थियो ।

रिपोर्ट जारीका क्रममा जर्ज पेटनले भने, 'हामी तेलको कुरा गर्छौं, पानीको कुरा गर्छौं तर सबैभन्दा महत्वपूर्ण युवाहरूको कुरा गर्दैनौं । युवा भनेको देशका मेरुदण्ड हुन् र उनीहरू देशको सबैभन्दा महत्वपूर्ण संसाधन हुन् । उनीहरूको स्वास्थ्य र चिन्ता हाम्रो एजेन्डामा हुनु पर्छ ।' त्यसो त भारतमा मात्र होइन, संसारभर नै सडक दुर्घटना, आत्महत्या, क्षयरोगसँगै अन्य किसिमका हिंसाले युवालाई नै केन्द्र बनाएको छ ।

१८८ देशमा गरिएको अध्ययनमा १०–१४, १५–१९ र २०–२४ वर्ष उमेर समूहका युवाहरूको मृत्युको कारण खोजी गरिएको थियो । भारतमा भने १५ देखि २४ वर्षका वर्गकाले बढी आत्महत्याको बाटो रोजेको देखिएको छ । १५–१९ उमेर समूहमध्येमा २३ हजार ७ सय ४८ युवाले आत्महत्या गरेका थिए भने २०–२४ उमेर समूहका युवामध्ये ३५ हजार ६ सय १८ युवाले आत्महत्या रोजेका थिए ।

रिपोर्टअनुसार १०–१४ वर्ष उमेर समूहका ३ हजार ५ सय ९४ आत्महत्या प्रहरीले दर्ता गरेको समेत देखिएको छ । २०११ को जनगणनाअनुसार भारतमा १०–२४ उमेर समूहका करिब ३६ करोड ४६ लाख ६० हजार युवा छन् । यो भारतको सम्पूर्ण जनसंख्याको ३०.११ प्रतिशतभन्दा पनि बढी हो ।

१०–१४ उमेर समूहका किशोर झाडापखालाका कारणले मृत्यु भएको देखिएको छ । मलेरिया, क्षयरोग, इन्सेफ्लाइटिस लगायतका अन्य रोगबाट पनि यो समूहको मृत्यु भएको अध्ययनले देखाएको छ । त्यसो त मृत्युको अर्को ठूलो कारण चाहिँ मानसिक स्वास्थ्यसमेत रहेको देखिएको छ । यस्ता अध्ययनमा त्यस्ता कुराको बहस भने गरिएको छैन । युवाको एउटा ठूलो संख्या रोजगार लगायत अन्य कयौं समस्याका कारण तनावको सिकार हुने देखिएको छ । युवाहरूको आत्महत्याको प्रवृत्तिले मानसिक स्वास्थ्यको ती गम्भीर चिन्तातर्फ संकेत गरिरहेको केहीको धारणा छ ।

निराशाको खतरा कसलाई बढी ?

बेलायतका अध्येताका अनुसार किशोरावस्थामा असल व्यवहार नपाएका, शोषणमा परेकाहरूमा डिप्रेसनको सिकार हुने गरेका छन् । बिएमजे पत्रिकामा छापिएको रिपोर्टअनुसार किशोरावस्थामा प्रताडित भएका मानिसले पछि बढ्ता निराशामा जाकिने गरेका छन् ।
किशोरावस्थामा कुनै प्रिय सामग्री हराएको, तिनीहरूबारे झूटो फैलाइनाले, कुटपिट वा ब्ल्याकमेल गरिने जस्ता घटना भोग्नेहरू पनि बढी निराशाको सिकार हुने सम्भावना हुन्छ ।

यो अध्ययनका लागि ४ हजारभन्दा बढी १३ वर्ष उमेर समूहका व्यक्तिलाई प्रश्न सोधिएको थियो । पाँच वर्षपछि उनीहरूको निराशाको तह परीक्षण गरिएको थियो । अध्येताले पाए, प्रत्येक साता कम प्रताडित हुने ६ सय ८३ जनामध्ये १५ प्रतिशत १८ वर्षकै उमेरमा अवसादले ग्रस्त थिए ।

युवावस्थामा अवसादका थुप्रै कारण हुन सक्छन् । पारिवारिक समस्या, कुनै नोक्सानी, कुटपिटजस्ता कुराहरू निराशाको कारण बन्न सक्छन् । प्रताडनाविरुद्ध विद्यालयहरूमा चलाइएका कार्यक्रम भने खासै प्रभावशाली हुन सकेका छैनन् । यदि किशोरावस्थामा आफ्ना सन्तानलाई जति बढी त्यस्ता अनुभव वा घटनाबाट जोगाउन सक्यो, तिनीहरूको निराशाको तह उति कम हुने र आत्महत्याको क्रम त्यति नै घट्न सक्ने शोधकर्ताको धारणा छ ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...