Monday 12 Falgun, 2076 | February 24, 2020
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

हिल नलगाउँदा जागिर चट् !

(0 votes)
हिल नलगाउँदा जागिर चट् !
लन्डन–बेलायतस्थित एउटा फाइनान्स कम्पनीमा कार्यरत अस्थायी कर्मचारी २७ वर्षीया निकोला थोर्पलाई उनले हाइ हिल नलगाएको भन्दै जागिरबाट निकाला गरेको छ । उनलाई कार्यालयले जागिरमा आउँदा हाइ हिल भएको जुत्ता वा चप्पल लगाउने आदेश दिएको थियो । उनले सो आदेश शिरोपर नगरेको आरोपमा कार्यालयले भोलिदेखि नआउनू भनी निकालेको थियो ।
nepali-patro-may
फाइनान्स कम्पनी पीडब्लुसीको नियमअनुसार प्रत्येक महिला कर्मचारीले २ देखि ४ इन्च अग्लो हिल लगाउनु पर्छ । पुरुषहरूका लागि कुनै पनि नियम नलादिएको तर महिलाले लाउनै पर्ने भनिएपछि उनले अस्वीकार गर्दै आइरहेकी थिइन् । उनलाई बिना पैसा कम्पनीले निकालेको समाचारमा जनाइएको छ ।

दिनभरि काममा व्यस्त हुनुपर्दा आफूलाई हाइ हिलले ज्यादै अप्ठेरो पारेको थोर्प बताउँछिन् । उनले दिनभरि आर्थिक कारोबारका लागि आउने ग्राहकलाई बाहिरबाट भित्र ल्याउने र भित्रबाट बाहिर ल्याउने काम गर्नुपथ्र्यो । उनले नौ घण्टा बढी कार्यालयमा बिताउनु पथ्र्यो । अफिसले बारम्बार गएको डिसेम्बरमा हाइ हिल लगाउने आग्रह गरेको र त्यसको जवाफमा पुरुषले चाहिँ किन हाइ हिल लाउनु नपरेको भन्ने जवाफ फर्काएपछि उनलाई कामबाट निकालिएको फेसबुकमा पोस्ट गरेपछि उनी चर्चित भएकी थिइन् ।

'फेसबुकमा मैजस्तो समस्या भोगिरहेका कयौं महिलाहरूको सहभानुभूति भएपछि यस कुरालाई अझ बढी उछालिनु पर्छ भन्ने लाग्यो,' थोर्पले बिबिसीसँग भनिन्, 'कुनै निश्चित कम्पनीसँग दुस्मनीका कारण मैले यो अभियान चलाएकी होइन । वास्तवमै महिलालाई दुःख छ, त्यसको निवारण हुनुपर्छ भन्ने अभियान मात्र हो ।'

कार्यालयमा हाइहिलको बाध्यकारी अवस्था हटाउन उनले १० हजारभन्दा बढी हस्ताक्षर संकलन गरी सरकारलाई बुझाएकी छन् । 'सरकारले यस्तो कुनै कानुन लगाएको छैन तर कार्यालयहरू जबरजस्ती आफ्नै अधिकार ठानेर कर्मचारीलाई दलाउने गरेका छन्,' उनले भनिन्, 'कस्तो लाउने, कसरी उभिनेजस्ता मसिना कुरामा कम्पनी अल्झिनु हुँदैन । महिलाहरू हाइ हिल नलाउँदा पनि स्मार्ट देखिन सक्छन् । त्यतातिर कम्पनीले ध्यान दिनुपर्छ ।'

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...