Monday 12 Falgun, 2076 | February 24, 2020
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

ब्राजिलका राष्ट्रपति बर्खास्त

(0 votes)

ब्राजिलिया– ब्राजिली राष्ट्रपति डिल्मा रुसेफलाई त्यहाँको सिनेटले महाभियोग लगाउने पक्षमा मतदान गरेपछि उनी पदबाट स्वतः बर्खास्त भएकी छन् । सन् २०१४ मा आफू भारी मतले विजय हुन देशको आर्थिक तथ्याङ्कलाई गडबड गरेको अभियोग उनलाई लगाइएको छ। 

brajil.jpg

nepali-patro-may
यस किसिमको गतिविधि यसअघि पनि हुने गरेको र आफूले कुनै गल्ती नगरेको रुसेफको भनाइ रहँदै आएको छ।

सिनेटमा लगभग २२ घण्टे चर्को बहसपछि महाभियोगका पक्षमा ५५ र त्यसको विरुद्ध २२ जना सांसदले ६८ वर्षीया देशकै पहिलो महिला राष्ट्रपतिलाई बर्खास्त गर्न मतदान गरेका थिए । ८१ सदस्यीय सिनेटको यो मतदानपछि छ महिनाका लागि रुसेफ पदबाट बर्खास्त भएकी छन् । महाभियोग प्रमाणित हुन महिनौं लाग्ने बताइएको छ ।

'कू' विरुद्ध लड्ने कसम

अन्तरिम राष्ट्रपतिका रुपमा पिएमडिबी पार्टीका अध्यक्ष माइकल टेमर नियुक्त भएका छन् । उनी रुसेफको उपराष्ट्रपति थिए । रुसेफको बामपन्थी वर्कर्स पार्टीलाई डेढ दशकदेखि सघाइरहेका टेमरको पार्टी पिएमडिबीले नयाँ सरकारको तयारी थालेको छ ।

सन् १९७० को दशकमा छापामार युद्धमा सरिक भएकी रुसेफ आफूलाई 'कू' गरिएको र यस 'कू'विरुद्ध अन्तिमसम्म लड्ने कसम खाएको बताएकी छन् ।

तीन महिनाभन्दा कम समयमा रियो द जेनेरियो सहरमा ओलम्पिक खेल आयोजना हुन लागेको छ । यस्तो अवस्थामा सरकार परिवर्तनले खेललाई असर पु¥याउने केहीको आशंका छ ।

एकताकाको लोकप्रिय वर्कर्स पार्टी सन् २००३ मा सत्तामा आउँदा ल्याएका नयाँ नीति तथा कार्यक्रमले लाखौं ब्राजिली गरिबीको रेखाबाट उक्सिएका थिए । पछिल्लो समय भने सरकारले गतिलो काम गर्न नसकेको रोष सर्वसाधारणले पोखिरहेका थिए ।

सिनेट अध्यक्ष रेनम काल्हेरोसले महाभियोग पीडादायी हुने पत्रकारहरूलाई बताए । मतदानका समयमा रुसेफ पक्षधर र विरोधीबीच चर्को नाराबाजी भएको थियो । बुधबार मध्यरातमा मतदान सुरु भएपछि ब्राजिलको आर्थिक राजधानी साओ पाउलोमा पटाका पड्काइएको थियो भने 'डिल्मा आउट !' नारा लगाइएको थियो ।

मतदान हुनु केही समयअघि सरकारका महान्यायाधिवक्ता जोस इडुआर्डो कार्डोजोले एउटी निर्दोष र निरपराध महिलाप्रतिको यो अपराधको निन्दा गरे । 'यदि यो अनर्थ भयो भने यसले देशको इतिहासमा एउटा गहिरो घाउ पार्ने र यसले लामो समयसम्म देशलाई प्रभावित पार्नेछ,' उनले सिनेटलाई सम्बोधन गर्दै बताए ।

नयाँ राष्ट्रपतिप्रति विश्वास छैन

रुसेफको बहिर्गमनपछि देशको अव्यवस्थापन र भ्रष्टाचारको समस्या समाधान हुनेमा केहीको आशंका छ । रुसेफविरोधी ५९ वर्षीय सिनेटर सुलिनाइड रोड्रिगेजले भने, 'उनको बदलामा हामीले टेमरलाई त ल्याउँला तर उनी पनि कुनै क्षमता भएका व्यक्ति भने होइनन् ।'

आउँदो अगस्त ५ बाट रियो द जेनेरियो सहरमा आयोजना हुने ओलम्पिक खेल उद्घाटन गर्नबाट उनी वञ्चित हुनेछिन्। उनले यसअघि सर्वोच्च अदालतमा महाभियोगको कारबाही रोक्न गरेको आग्रहलाई अस्वीकार गरिएको थियो। २०११ मा पहिलो पटक राष्ट्रपति भएकी उनी २०१५ मा पुनः निर्वाचित भएकी थिइन्।

रुसेफ शासनकालमा आर्थिक अवस्था जर्जर भएको भन्दै सिनेटर उनलाई समयअगावै सत्ताबाट हटाउन चाहेका हुन् । १० वर्षयता ब्राजिलमा सुस्त आर्थिक वृद्धि भइरहेको छ । बेरोजगारी ९% छ भने मुद्रास्फीति १२ वर्षकै उच्च भएको छ।

संविधानअनुसार रुसेफमाथि लगाइने महाभियोगको समयावधि ८ नोभेम्बरसम्म हुनेछ । १८० दिनभित्र सकिनुपर्ने यो प्रक्रियालाई यसअघि नै तल्लो सदन कंग्रेसले महाभियोग अघि बढाउन स्वीकृति जनाइसकेको छ ।

रुसेफलाई धसाउने २ काण्ड

२००३ मा सत्तामा आएको वर्कर्स पार्टी मूलतः दुई ठूला काण्डको शिकार भएको छ । पहिलो काण्ड सन् २००५ मा चर्चामा आएको थियो । मेनसालाओ नामक नागरिक लगानी कोषको रकम सांसदहरूलाई अवैधानिक रुपमा बाँडिएको आरोप लगाइएको थियो । सो काण्डको पटाक्षेप २०१२ मा सर्वोच्च अदालतले गरिदिएको थियो । जसअन्तर्गत वर्कर्स पार्टीका केही नेतासहित २५ राजनीतिक नेता, बैंकर्स र व्यापारीले जेलको हावा खानु परेको थियो ।

राज्य नियन्त्रित तेल कम्पनी पेट्रोब्रासलाई देशकै ठूलो भौतिक निर्माण कम्पनीले आवश्यकताभन्दा बढी रकम तिराएको मामिलामा अनुसन्धान गर्न सन् २०१४ मा 'अपरेसन कार वास' सुरु भएको थियो । पैसा तिर्ने/तिराउनेमा दस्तखत गर्ने पेट्रोब्रासका कार्यकारी, कर्मचारी र केही राजनीतिक नेता सबैले जेलको हावा खानु परेको थियो । यी दुवैमा रुसेफ दोषी नदेखिए पनि राजनीतिप्रति बढ्दो वितृष्णा र अवसरवादी पार्टीका कारण रुसेफ 'बलिको बोको' बन्नु परेको केहीको धारणा छ। एएफपी

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...