Sunday 9 Kartik, 2077 | October 25, 2020
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

पत्रकारका हत्याराको खोजी व्यापक

(0 votes)
नयाँ दिल्ली-भारतमा गत बिहीबार र शुक्रबार भएको दुई जना पत्रकारको हत्याराको खोजी व्यापक मात्रामा भएको बताइएको छ। झारखण्डका वरिष्ठ प्रहरी अधिकारी उपेन्द्र प्रसादले पत्रकारका हत्याराको खोजीका लागि विशेष प्रहरी परिचालन गरिएको बताए।


nepali-patro-may
उनले भने– पत्रकारका हत्याराको खोजी जारी छ केही शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। भारतीय पत्रिका इन्डियन एक्सप्रेसले पत्रकारका हत्यारा पत्ता लगाएर कडाभन्दा कडा कारबाही गरिनुपर्ने भनी समाचार लेखेको छ।

पूर्वी भारतको बिहार र झारखण्डमा बिहीबार र शुक्रबार दुई जना पत्रकारको हत्या भएको थियो। बिहार र झारखण्डमा बिहीबार राति र शुक्रबार राति गरी दुई जना पत्रकारको हत्या भएको हो।

हिन्दी भाषाको पत्रिका हिन्दुस्तान दैनिकका स्थानीय ब्युरो प्रमुख राजदेव रञ्जनलाई शुक्रबार राति मोटर साइकलमा आफ्नो घरतर्फ जादै गर्दा अज्ञात व्यक्तिले बिहारमा गोली हानी उनको हत्या गरेका थिए।

त्यस्तै मारिने अर्का पत्रकार अखिलेस प्रताप सिंह हुन्। उनी टेलिभिजन पत्रकार हुन् । उनलाई बिहीबार मोटरसाइकलमा आफ्नो घरतर्फ जाने क्रममा नै अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए।

उनको हत्या झारखण्डमा भएको थियो । पत्रकार सिंह झारखण्डकै स्थानीय पत्रकार हुन्।

पत्रकारमाथि भारतमा पछिल्लो समयमा असुरक्षा बढेको भन्दै पत्रकारहरुले कडा कारबाहीको माग गरेका छन् ।

उनीहरुले यस विषयमा सरकारको जवाफ पनि मागेका छन् । सोही कारण पनि प्रहरीले हत्याराको खोजी कडा रुपमा गरिएको बताएका छन् ।

विश्वका पत्रकारिताको हक हितका लागि लड्ने संघ संस्थाहरुले पनि भारतमा पत्रकारहरु धेरै मारिने गरेकोमा चासो व्यक्त गरेका छन् ।

भारतजस्तो प्रजातान्त्रिक देशमा समाचार लेखेकैका कारणले पत्रकारको ज्यान जानु ठूलो बिडम्बना हो उनीहरुले भनेका छन् ।

भारतका आइतबारका सञ्चारमाध्यमहरुले पत्रकारको सुरक्षाका लागि सरकारसँग माग गरेका छन् । उनीहरुले हत्या भएका पत्रकारका हत्यारालाई खोजी कडा कारबाहीका लागि सरकारको ध्यानाकर्षण पनि गराएका छन् । रासस/एएफपी

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...