Monday 12 Falgun, 2076 | February 24, 2020
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

मालिक्नी बचाउने कुकुर अस्पताल भर्ती

(0 votes)
मालिक्नी बचाउने कुकुर अस्पताल भर्ती
फ्लोरिडा–सात वर्षीया मालिक्नीलाई जोगाउन खोज्दा एउटा कुकुर सर्पको टोकाइले नराम्ररी घाइते भएको बताइएको छ । हौस नामक दुई वर्षीय जर्मन सेफर्ड कुकुरले मोली डेलुकालाई आफ्नै घर छेउमा टोक्न तम्तयार भएको विषालु सर्पबाट जोगाउने हुँदा सर्पले उसैलाई टोकिदिएपछि घाइते भएको छ।
nepali-patro-may
घटना अमेरिकाको फ्लोरिडा राज्यस्थित टम्पा भन्ने स्थानमा घटेको द टेलिग्राफ पत्रिकाले जनाएको छ । बालिकाकी आमा डोन्या डिलुकाका अनुसार, मोलीलाई सर्पबाट जोगाउन खोज्दा सर्पले कयौं पटक हौसलाई डसेको थियो । 'मोलीलाई एक पटक मात्र डसेको भए पनि ऊ ज्यूँदी हुन्थी कि हुन्न थिई,' आमा डोन्याले आँखाभरि आँशु पार्दै भनिन् ।

'यी दुईबीच पहिल्यैदेखि निकै मिल्ती थियो तर हौसले सर्पबाटै जोगाउने किसिमको प्रेम चाहिँ मैले अहिलेसम्म सुनेकी थिइनँ,' आफ्नो हिरो कुकुरका बारेमा गफिँदै डोन्याले भनिन् । मोलीले पनि बालसुलभ तरिकाले भनिन्, 'सर्प देख्नेबित्तिकै म डराएर हौसतिर दौडिएँ । हौसले त्यस सर्पलाई कयौँ पटक धपाउने प्रयास ग¥यो । त्यसबापत सर्पले पनि उसलाई टोकिदियो । टोकेपछि सर्प भाग्यो ।'

घटना आफ्नै आँखाले देखेको डोन्याले दाबी गरिन् । आफ्नी छोरी यो घटनामा नबच्लिन् भनेर तर्सिएको तर हौसका कारण जोगिएकोमा खुसी प्रकट गरिन् । तर सर्पले डसेको कुकुर हौसको स्वास्थ्य भने गम्भीर भएको डोन्याले बताइन् ।
 त्यतिबेला कुकुर जोगाउने अभियान स्वरुप इन्टरनेटमा 'हेल्प सेभ हौस, गो फन्ड मि' नामक वेबसाइट नै बनाएर पैसा संकलन थालिएको छ ।

कुकुरको अवस्था गम्भीर भए पनि खतरामुक्त भएको चिकित्सकले बताएको वेबपेजमा जनाइएको छ । जनावरले यसअघि पनि यस्तै चमत्कारी काम गरेका समाचार सार्वजनिक भएका थिए । यसअघि एउटा समाचारमा बिरालाले आगलागी भएको घरबाट बूढी आमैलाई जोगाएको थियो । त्यसैगरी एउटा कुकुरले चिकित्सकले लगभग बिदाइ दिइसकेको बालिकाको साथ नछाडी कयौँ दिन भोकै बसेको थियो ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...