Sunday 9 Kartik, 2077 | October 25, 2020
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

दा भिन्सीबारे खोज गरिँदै

(0 votes)
दा भिन्सीबारे खोज गरिँदै
जर्मनी-केही सौखिन वैज्ञानिकहरू लियोनार्दो दा भिन्सीका बारेमा जान्न मरिहत्ते गरिरहेका छन् । तिनको दाबीअनुसार डिएनए र अन्य प्रविधिको सहयोगले दा भिन्सीका बारेमा अहिलेसम्म चाल नपाइएका कयौं कुराहरू थाहा हुनेछ ।
nepali-patro-may
दा भिन्सीले ५ सय वर्षअघि नै हेलिकप्टर र युद्ध ट्याङ्कको कल्पना गरेका थिए । उनले नै बनाएको मोनालिसा नामक पेन्टिङ संसारकै सबैभन्दा ख्यातिप्राप्त कलाकृति हो । पश्चिमी सभ्यतालाई जन्माउने दा भिन्सी को थिए, कस्तो देखिन्थे, कसरी काम गर्थे भन्ने अझैसम्म जान्न सकिएको थिएन ।

त्यही रहस्योद्घाटन गर्न यतिबेला 'लियोनार्दो प्रोजेक्ट' सुरु गरिएको हो । डिएनए र अन्य प्रविधिमार्फत् दा भिन्सीको वास्तविक अनुहार तयार गर्ने, उनको दिमागले कसरी काम गथ्र्यो र उनका बानीबेहोरा कस्ता थिए, उनको स्वास्थ्यको अवस्था कस्तो थियो भन्नेसमेत यो प्रोजेक्टले पत्ता लगाउने छ ।

६७ वर्षको उमेरमा १५५९ मा पेरिसमा निधन भएपछि उनको लाश पेरिसको दक्षिण–पश्चिमस्थित आमबुआसमा गाडिएको थियो । शताब्दिऔं पहिले उनको लाश गायब पारिएको थियो । गएको अप्रिलमा मात्र इटालीका अध्येताहरूले चालिस वर्षको मिहिनेतपछि दा भिन्सीका नातेदार खोजी गरेका थिए । ती नातेदारका डिएनएको सहयोगबाट वैज्ञानिक दा भिन्सीका बारेमा पत्ता लगाउने प्रयास गरिनेछ ।

त्यसो त नातेदारको डिएनएले मात्र दा भिन्सीका बारे पत्ता लगाउन नसकिने हुनाले तिनै नातेदारको सहयोगले दा भिन्सीका बुवा र अन्य नातेदारका चिहान खोजी अभियान तीव्रताका साथ चलाइएको छ । इटालीको एउटा पुरानो चर्चको आँगनमा बिमिङ राडारको सहयोगले चिहान खोजी अभियान चलाइएको संलग्नहरूको दाबी छ । यदि दा भिन्सीका सैन्य पिताको चिहान भेटियो भने ठूलो उपलब्धि हुने वैज्ञानिकहरूको दाबी छ ।

सन् २०१४ मा सुरु भएको द लियोनार्डो प्रोजेक्टमा फ्रान्स, इटाली, स्पेन, क्यानडा र अमेरिकाका कलाकार, साहित्यकार, इतिहासकार, माइक्रोबायोलजीस्ट, जिनियोलजिस्ट र अन्य कयौं विशेषज्ञ सामेल छन् । यिनले प्रयोग गरेको प्रविधिकै आधारमा मार्च २०१५ मा पुराना लेखक मिगेल दि सर्वांतेसको चिहान खोजिएको थियो । मिगेल पनि भिन्सी जन्मिएकै वर्ष १४५२ मा जन्मिएका थिए ।

प्रोजेक्टमा संलग्न रिचर्ड लाउन्जबरी फाउन्डेसनका उपाध्यक्ष जेसी ओसुबेलका अनुसार भिन्सीलाई गाडिएको चर्चमा भेटिएका केही अवशेष भिन्सीकै हो कि होइन भनेर पत्ता लगाउनसमेत उनका बुवाको चिहान र शव भेटिन आवश्यक छ । त्यसैले पनि वैज्ञानिकहरूले दिनरात खटेर यसमाथि काम गरिरहेका छन् ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...