×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 26 Mangshir, 2074 |
Menu

ब्लग

republica-headerdiscount-subscribe1

istl

प्रहरी नियमावली र सिद्धान्त बाझियो; भर्ना रोकियो, बढुवामा अवरोध

(0 votes)
काठमाडौं- प्रहरीको भर्ना र बढुवालाई पारदर्शिता ल्याउन बनाइएको सामान्य सिद्धान्त र प्रहरी नियमावली आपसमा बाझिँदा संगठनमा नयाँ भर्ना प्रक्रिया रोकिएको छ। जेठ ९ गतेभित्र प्रहरी नियमावली–२०४९ संशोधन भएन भने बढुवासमेत रोकिने छ।


nepali-patro-june
सिद्धान्तअनुरुपको नयाँ नियमावली मस्यौदा स्वीकृतिका लागि गृह मन्त्रालय पुगिसकेको छ। चैत दोस्रो साता पठाइएको मस्यौदा मन्त्रालयमा थन्किएको छ। अहिले भर्ना रोकिएको र दुई साताभित्र प्रस्तावित मस्यौदा पारित नभए बढुवा पूरै रोकिने एक प्रहरी अधिकारीले बताए।

प्रहरी प्रधान कार्यालय, लोकसेवा आयोग, गृह र कानुन मन्त्रालयको प्रतिनिधिसहितको टोलीले सामान्य सिद्धान्तअनुकूल हुने गरी संशोधन गरेको नयाँ नियमावली मस्यौदा गृह सचिव नविन घिमिरेको टेबलमा पुगेर अड्किएको स्रोतले बतायो।

एआइजी बढुवाको विवाद सर्वोच्च अदालतसम्म पुगेपछि उसले नियुक्ति र बढुवा गर्दा प्रहरी सेवालाई निष्पक्ष, पारदर्शी र जनउत्तरदायी बनाउन भर्ना र बढुवालाई नेपालको अन्तरिम संविधानअनुसार लोकसेवाको परामर्शमा सामान्य सिद्धान्त बनाई लागू गर्न निर्देशात्मक आदेश दिएको थियो।

प्रहरीको सरुवा, बढुवा र भर्ना प्रक्रिया पटकपटक विवादमा आउने गरेको पृष्ठभूमिमा सर्वोच्चको आदेशअनुसार गृहकै पहलमा प्रधान कार्यालयले गत मंसिर १० गते 'प्रहरी सेवामा नियुक्ति र बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त–२०६९' तयार गरी कार्यान्वयनमा ल्याएको हो। तर, त्यो प्रहरी नियमावलीसँग बाझिएको छ।

प्रधान कार्यालयस्रोतका अनुसार सिद्धान्त लागू भएको मितिदेखि नै प्रहरी भर्ना सिद्धान्तअनुसार गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको थियो। बढुवामा तत्काल सिद्धान्त कार्यान्वयन गर्दा प्रभावित हुने भन्दै गृह र प्रधान कार्यालयको सहमतिमा बाधा अड्काउ फुकाउ प्रयोग गरी ६ महिनापछि मात्रै लागू गर्ने व्यवस्था मिलाइएको थियो।

'भर्नामा नयाँ सिद्धान्त लागू भइसकेकाले तत्काल नयाँ दरबन्दी स्वीकृत भए पनि नयाँ नियमावली पारित नभएसम्म भर्ना गर्न सकिँदैन,' जानकार एक प्रहरी अधिकारीले भने' जेठ ९ गतेभित्र सिद्धान्तअनुसारको नयाँ नियमावली आएन भने बढुवा पनि पूरै रोकिन्छ।'

स्रोतअनुसार सामान्य सिद्धान्तमा उल्लेख गरिएको भर्ना प्रक्रिया र हाल कार्यान्वयनमा रहेको प्रहरी नियमावलीको प्रावधान आपसमा बाझिएका छन्। नियमावलीमा प्रहरी निरीक्षक र सहायक निरीक्षक पदपूर्ति गर्दा आन्तरिक र खुल्लाबाट आधा–आधा गर्ने व्यवस्था छ। सामान्य सिद्धान्तमा निरीक्षकमा खुल्लाको प्रतिशत १० बिन्दुले बढाएर ६० पुर्याबउँदै आन्तरिक ४० मा झारिएको स्रोतले बतायो। सहायक निरीक्षकमा चाहिँ आन्तरिक ६० र खुल्ला ४० प्रतिशत बनाइएको छ।

नियमावली संशोधन गर्दै बढुवाका लागि छुट्याइएको चार सय ८५ अंक घटाएर एक सय बनाइएको छ। हचुवा पारामा हुने बढुवा पद्धति संशोधन गर्दै सिद्धान्तले प्रत्येक पदअनुसार बढुवा सिफारिस समितिको व्यवस्था गरेको छ। जुन साबिकको प्रहरी नियमावलीमा छैन।

'सिद्धान्तअनुसार पदपूर्ति गर्न लोकसेवाको संलग्नतामा पदअनुसार पदपूर्ति समिति अनिवार्य छ,' स्रोतले भन्यो, 'नियमावलीमा त्यो व्यवस्था नहुँदा नयाँ नियमावली नआई भर्ना सम्भव छैन।'

प्रतिक्रिया