×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 5 Ashad, 2075 |
Menu

republica-headerdiscount-subscribe1

istl

तापमान शून्यबाट माइनसतिर

(1 Vote)
काठमाडौं- राजधानी उपत्यकाको तापक्रम निरन्तर झर्दै शून्यबाट माइनसतिर लम्किएको छ। बिहीबार शून्य डिग्री सेल्सियस मापन गरिएको तापक्रम शुक्रबार माइनसमा झर्ने मौसमविदले आँकलन गरेका छन्। त्रिभुवन विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ५:४५ बजे न्यूनतम तापक्रम शून्यमा झर्यो।
nepali-patro-june
बुधबार राजधानीको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो। छिटोछिटो झरिरहेको यो बिन्दु बिहीबार शून्यमा पुग्यो।

महाशाखाका मौसमविद समीर श्रेष्ठका अनुसार तापक्रममा आएको ओरालो क्रम हेर्दा अझै केही दिन झर्दै जाने देखिन्छ। उनले राजधानीको अधिकतम तापक्रम पनि क्रमिक रुपमा झर्दै गएको बताए। बिहीबार काठमाडौंको अधिकतम तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियसमा झर्योए। बुधबार यो १६ दशमलव ८ डिग्री सेल्सियस थियो।

श्रेष्ठका अनुसार काठमाडौंमा सबैभन्दा कम तापक्रम सन् १९७८ मा माइनस ३ दशमलव ५ डिग्री सेल्सियस थियो। 'तापक्रममा अहिले आइरहेको न्यूनता हेर्दा माइनसमा तापक्रम पुग्ने अनुमान गर्न सकिन्छ,' उनले भने, 'मौसममा कुनै सुधार आएन भने केही दिन तापक्रम माइनसमै रहन सक्छ।'

तापक्रम छिटोछिटो घटिरहेकाले जाडो बढ्दै गएको उनले बताए।

महाशाखाका अनुसार अघिल्लो वर्षको न्यूनतम तापक्रमको तुलनामा अहिलेको तापक्रम धेरै तल झरेको छ। गत वर्ष जनवरी ३१ मा न्यूनतम तापक्रम सबैभन्दा कम १.४ डिग्री सेल्सियस थियो। अघिल्लो वर्ष पुस ७ र ८ गतेको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मात्र थियो।

महाशाखाका अनुसार काठमाडौंमा जस्तै देशैभरको तापक्रममा कमी आइरहेको छ। बिहीबार सबैभन्दा कम तापक्रम जुम्लामा छ। जुम्लामा न्यूनतम तापक्रम माइनस ८ दशमलव ४ डिग्री सेल्सियस थियो भने अधिकतम ९ दशमलव २ डिग्री सेल्सियस।

जुम्लापछि जिरीमा सबैभन्दा कम तापक्रम देखिएको छ। जिरीमा न्यूनतम तापक्रम माइनस ५ दशमलव १ र अधिकतम तापक्रम ११ दशमलव ७ डिग्री सेल्सियस मापन गरियो।

यसैगरी, दिपायलमा एक दशमलव ४, डडेलधुरामा १ दशमलव ५, वीरेन्द्रनगरमा एक दशमलव ५, ताप्लेजुङमा एक दशमलव ६, लुम्लेमा २ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको थियो।

न्यूनतम तापक्रम सबैभन्दा बढी भैरहवामा मापन भएको छ। भैरहवा बिहीबार ६ दशमलव ५ डिग्री सेल्सियस कम्तीमा तातो रह्यो भने बढीमा २२ दशमलव २। महाशाखाले यी सबै स्थानको तापक्रममा शुक्रबार केही कमी आउने जनाएको छ।

महाशाखाले शुक्रबार तराई र पहाडका केही स्थानमा कुहिरो लाग्ने सम्भावना पनि औंल्याएको छ। उपत्यकामा बिहान केहीबेर कुहिरो लागे पनि दिउ"सो आकाश सफा नै हुने अनुमान छ।

प्रतिक्रिया