×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 8 Falgun, 2073 |
Menu

कार्टुन

istl

प्राङ्गारिक मल उद्योगद्वारा व्यावसायिक उत्पादन सुरु

(0 votes)
कञ्चनपुर-कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको बञ्जरीमा रहेको कञ्चन प्राङ्गारिक मल उद्योगले पूर्ण क्षमताका साथ व्यावसायिक उत्पादन सुरु गरेको छ।
nepali-patro-june
कृषि मन्त्रालयको माटो व्यवस्थापन निर्देशनालयको औजार खरिदअन्तर्गतको ५० प्रतिशत अनुदानको रु १९ लाख ५० हजार र उद्योग सञ्चालकको रु २५ लाख गरी रु ४४ लाख ५० हजारको लगानीमा उद्योग स्थापना भएको हो।

स्थानीय कच्चा पदार्थको प्रयोग गरी उद्योगले मल उत्पादनमा जोड दिएको उद्योगका सञ्चालक चूडामणि जोशीले बताए।

स्थानीयस्तरमा पाइने झारपात, सहरी फोहरमैला, घाँस, स्याउला, सोत्तर, भुषा, पिना, कुखुराको सुली, वोनमिल, प्रेसमड र उद्योगबाट निस्कने फोहरमैलाको प्रयोग गरी मल बनाइन थालेको उनले जानकारी दिए।

उद्योग सञ्चालनमा आएको एक सातामै छ मेट्रिक टन बढी मल उत्पादन भई बिक्री भइसकेको छ ।

सरकारले तोकेको रु १० प्रतिकिलो अनुदानमा कृषकलाई मल उपलब्ध गराउने व्यवस्था मिलाएको उनले बताए।

इन्धन अभाव र सीमा क्षेत्रमा देखिएको तनावले रासायनिक मल नपाइएपछि कृषकले प्राङ्गारिक मलको माग गर्न थालेको उनको भनाइ रहेको छ। 'मलको माग बढी आएकाले उद्योग पूर्ण क्षमताका साथ सञ्चालन गरिएकोछ', सञ्चालक जोशीले भने।

उद्योगको वार्षिक मल उत्पादन क्षमता सात हजार दुई सय मेट्रिक टन रहेको छ। 'वार्षिक रुपमा उद्योगले रु १८ करोडको मल उत्पादन गर्ने क्षमता राख्छ', सञ्चालक जोशीले भने।

सुदूरपश्चिम क्षेत्रमै पहिलोपटक स्थापना भएको प्राङ्गारिक मल उद्योगले रासायनिक मुक्त मल उत्पादन गरी माटोको उर्वरा शक्ति बढाउने लक्ष्य लिएको छ ।

माटोको उर्वराशक्ति बढाउने, माटोमा चिस्यान कायम राख्ने र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव नपार्ने भएकाले मल बजारमा सहजै बिक्री हुनेमा विश्वस्त रहेको जोशीले बताए। उद्योगबाट उत्पादित मलमा प्रयोगशालाले तोके बमोजिमको नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा रहेको सञ्चालको दाबी रहेको छ ।

पचास किलोको बोरामा उपलब्ध मलको मूल्य रु एक हजार २५० निर्धारण गरिएको छ । रासस

प्रतिक्रिया