15 Ashwin, 2073 |
Menu

कार्टुन

republica-headerdiscount-subscribe1

istl

मालेमा कोपिलाको टोली च्याम्पियन

(0 votes)
मालेमा कोपिलाको टोली च्याम्पियन
काठमाडौं- नेपाली राष्ट्रिय टोलीकी स्पाइकर कोपिला उप्रेतीको टोली माल्दिभ्स पुलिस क्लबले राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप जितेको छ। बुधबार राति अबेर मालेमा भएको फाइनलमा माल्दिभ्स पुलिसले इहाभान्डो क्लब पोलिस्टारलाई २५–१६, १७–२५,२५–१८, २५–१५ को सेटले हरायो। विदेशी क्लबबाट व्यावसायिक भलिबल खेल्न कोपिला दुई साताअघि माल्दिभ्स पुगेकी थिइन्।

nepali-patro-june
एकपछि अर्को सफलता पाएकी कोपिलाले पछिल्लोपल्ट मालेमा उपाधि जितेकी हुन्। त्यसअघि कोपिला र निमा श्रेष्ठमाल्दिभ्स क्लबबाट दुई राष्ट्रियस्तरको प्रतियोगिता खेलेर फर्किएका थिए। माल्दिभ्सको सर्वाधिक ठूलो उपाधि जितेसँगै कोपिला विदेशी क्लबबाट धेरै सफलता पाउने नेपाली खेलाडी बनेकी छन्।

कोपिलालाई माल्दिभ्स क्लबले लिग भलिबलका लागि ७ सय डलरमा अनुबन्धित गर्दै माले बोलाएको थियो। 'माल्दिभ्सको सर्वाधिक ठूलो प्रतियोगिताजित्न पाउँदा खुसी छु,' कोपिलाले नागरिकसँग भनिन्, 'क्लबले जुन विश्वाससाथ मलाई अनुबन्धित गरेको थियो, त्यो पूरा गरेँ । मैले टोलीलाई उपाधि दिलाउन शतप्रतिशत मिहिनेत गरेँ। यसले मेरो र नेपाली भलिबलको प्रतिष्ठा बढाएको छ। यसले अरु नेपाली खेलाडीलाई विदेशी क्लबबाट खेल्ने अवसर बढाउने आशा छ।'

कोपिलाले प्रतियोगिताको अनुभवले आफ्नो आत्मविश्वास र क्षमता बढेको बताइन्। उनले थपिन्, 'प्रतियोगितामा श्रीलंका, थाइल्यान्ड र युरोपियन देशको खेलाडीले अन्य क्लबबाट खेलेका थिए। हाम्रो टिम समन्वय राम्रो भएकाले उपाधि जित्न सफल भयौं। उपाधि जित्दा गर्व लागेको छ।'

प्रतियोगितालाई माल्दिभ्सले राष्ट्रिय टोलीछनोटका रूपमा पनि लिएको थियो। माल्दिभ्स पुलिसबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ५ खेलाडी परेको कोपिलाले बताइन्।

प्रतियोगितामा एक क्लबले एक विदेशी खेलाडी राख्ने पाउने नियम थियो। 'मैले आफ्नो क्षमताअनुसार शतप्रतिशत राम्रो खेल्ने कोसिस गरेँ। त्यसमा सफल पनि भएँ। अन्य विदेशी खेलाडीभन्दा मेरो खेल कमजोर थिएन। टिमले सकारात्मकरूपमा लिएको छ। माल्दिभ्स पुलिस र अन्य केही क्लबले अर्को वर्ष खेल्न प्रस्ताव गरेका छन्। त्यसबारेमा नेपाल आएर निर्णय गर्नेछु,' कोपिलाले भनिन्।

माले सिटीस्थित युथ सेन्टर इन्डोर हलमा भएकोप्रतियोगितामा सात टोलीले भाग लिएका थिए। अन्य टोलीबाट श्रीलंकन, थाइल्यान्ड र रसियन खेलाडीले खेलेको बताइएको छ।

ब्लक र स्पाइकमा आफूले टोलीलाई धेरै सहयोग गरेको कोपिलाले बताइन्।

कोपिला नेपाली भलिबलमा अहिले पहिलो रोजाइकी स्पाइकर हुन्। उनले नेपाली पुलिसबाट घरेलु प्रतियोगिता खेल्ने गर्छिन्। उनको स्पाइक र ब्लक गर्ने क्षमता उत्कृष्ट भएका कारण विदेशी टोलीको रोजाइमा पर्दै आएकी छन्।

नेपालले गत वर्ष त्रिपुरेश्वरमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रित महिला भलिबलमा रजत पदक जित्दा कोपिलाले टोलीको मुख्य स्पाइक र ब्लकरको जिम्मेवारी सम्हालेकी थिइन।

जुन पदक नेपालले जितेको सर्वाधिक ठुलो पदक हो। एक दशक देखी घरेलु भलिबलमा सक्रिय देखिएकी कोपिलाले सन् २००६ मा श्रीलंका भएको १०औं दक्षिण एसियाली खेलकुदबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। श्रीलंकाले नेपालले कास्य पदक जितेको थियो। उच्च स्तरको व्यावसायिक भलिबल खेल्ने नेपाली खेलाडी बनेकी कोपिलाले २०६५ साल देखी नेपाल पुलिस क्लबबाट खेल्न सुरु गरेकी थिइन। कोपिला शनिबार नेपाल फर्कदैछिन्।

प्रतिक्रिया