×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 24 Mangshir, 2073 |
Menu

कार्टुन

republica-headerdiscount-subscribe1

istl

थापाको 'हतासको प्रतिक्रिया'

(0 votes)
काठमाडौं- एफिएफका प्रशिक्षक कृष्ण थापाले अघिल्लो साता आफैले दिएको अभिव्यक्तिलाई 'हतासको प्रतिक्रिया' भन्दै माफी मागेका छन्। मंगलबार थ्री स्टारसँग ४–१ को पराजय भोगेपछि पत्रकार सम्मेलनमा थापाले वैशाख १२ को भूकम्पका दिन लिग सञ्चालन गर्नुलाई एन्फाको गम्भिर षडयन्त्र भएको बताएका थिए।
nepali-patro-june
सँगै त्यस दिनको खेलमा झापा र मोरङबीच मिलोमतोमा नतिजा निस्केको पनि उनको आरोप थियो। लगत्तै अर्को दिन बुधबार झापा र मोरङबीच हुने खेलमा पनि मिलेमतो हुने उनले दावी गरेका थिए।

एन्फाले स्पष्टिकरण माग गर्नुका साथै चौतर्फी आक्रमण भएपछि थापाले माफी मागेका हुन्। आइतबार त्रिभुवन आर्मीसँगको खेल पछि पत्रकार सम्मेलनमा प्रशिक्षक थापाले भने, '४१ बर्षको खेल जीवनमा मैले दुई पटक गल्ति गरेँ। सन् १९८१ मा एसियाली छनोटका दौरान म खेलाडी र कप्तान थिए। वन्द प्रशिक्षणमा हुँदा भागेर बुटवलको स्थानीय प्रतियोगिता खेल्न गए। पछि फेर्केर माफी मागेर टोलीमा सामेल भएँ। अहिले फेरी हतासमा बोलेर गल्ति गरेको छु। गल्ति गरेँ भन्ने आत्मसमिक्षा गरेको छु।' थापाले दुई दिनअघि माफी माग्दै एन्फामा स्पष्टिकरण बुझाएका थिए।

थापाले आफ्नो अभिव्यक्तिले मोरङ र झापाका खेलाडी, अफिसियललाई पर्न गएको चोटप्रति माफी मागे। उनले सोही क्रममा आन्दोलनरत पक्षका जायज मागको सम्बोधन गर्दै फुटबल विकासमा सबैलाई मिलेर अघि बढ्न समेत आह्वान गरेका छन्। उनले थपे, 'हामीले युवा फुटबलमा राम्रो गरिरहेका छौं। यसलाई अघि बढाउन पनि सबै मिलेर अघि बढ्नु पर्छ।'

उनी लगत्तै बोलेका आर्मीका प्रशिक्षक मेघराज केसीले खेलपछिको पत्रकार सम्मेलनमा थापाको भनाईप्रति असहमति जनाउँदै भने, 'यसलाई राजनीतिक गफ गर्ने थलो बनाउन हुन्न। यहाँ प्राविधिक कुरा गरेको मात्र राम्रो हुन्छ।'

प्रतिक्रिया