×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Thursday 6 Magh, 2073 |
Menu

प्रवास

istl

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने

(0 votes)
काठमाडौं—सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले राष्ट्रपति पदका लागि उम्मेदवार अघि सार्ने भएको छ। गए राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।
'पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको छ', एमाले सचिव योगेश भट्टराईले नागरिकन्युजसँग भने, 'निर्वाचन प्रक्रिया सुरु हुने समयमा हामी नाम चयन गरिसक्छौं।'

कसलाई राष्ट्रपति उम्मेदवार बनाउने भन्ने विषयमाथि छलफल गर्न एमालेले आज सोमबार १०ः३० बजे संसदीय दलको बैठक पनि बोलाएको छ। 'राष्ट्रपति उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक तयारी एवं निर्णय गर्न संसदीय दलको बैठक बाेलाइएकाे हो', एमाले केन्द्रीय सदस्य राजन भट्टराईले नागरिकन्युजसँग भने।

राष्ट्रपतिमा उम्मेदवार दिने विषय ढुंगो लागे पनि एमालेले कसलाई उठाउने भन्ने निक्र्यौल भइसकेको छैन। उम्मेदवारी दिनुपर्ने अवस्थामा उपाध्यक्ष विद्यादेवी भण्डारीको नाम एमालेभित्र लगभग निश्चित भइसकेको छ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबारै राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको सन्दर्भमा एमालेको यस्तो निर्णय आएको हो। कांग्रेसले सहमतीय उम्मेदवारको रुपमा वर्तमान राष्ट्रपति रामवरण यादबलाई नयाँ राष्ट्रपतिको रुपमा अघि सारेको छ।

प्रतिक्रिया