×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Monday 16 Falgun, 2073 |
Menu

प्रवास

istl

'पार्टी छाडेको छैन, बहसमा भाग लिन्छौं भनेका हौं'

(0 votes)
काठमाडौं–एकीकृत नेकपा माओवादी पार्टी परित्याग नै गरी 'नयाँ शक्ति' निमार्ण गर्ने भन्दै लागेका बाबुराम भट्टराई निकट नेताहरुले सो बहसमा सहभागिता हुने औपचारिक रुपमा जानकारी गराएका छन्।
nepali-patro-june

पार्टी मुख्यालय पेरिसडाँडामा मुख्य सचिव हितराज पाण्डेलाई लिखित पत्र नै बुझाएर उक्त बहसमा सहभागिता जनाउने औपचारिक जानकारी गराएका हुन्। उक्त लिखित जानकारी गराउने केन्द्रीय स्तरका नेता र सल्लाहकारहरु ५० बढी रहेको नेतृत्वकर्ता स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए। 'नयाँ शक्तिको बहसमा सहभागी हुन्छौं भनेर औपचारिक रुपमा पार्टीका मुख्य सचिवमार्फत आज जानकारी गराएका छौं,' पौडेलले नागरिकन्युजसँग भने, 'तर, पार्टी नै छाडेको होइन, बहसमा भाग लिन्छौ मात्रै भनेका हौं।' उनका अनुसार जानकारी गराउनेमा भट्टराई निकट नेताहरु बढी मात्रामा रहेका छन्। पार्टी विभाजन हुँदा र मुलुकमा असहज अवस्था सृजना हुँदासमेत पार्टीले कुनै पहल नगरकाे भन्दै अाफूहरूले पत्र बुझाएकाे गंगा श्रेष्ठले बताए।


पार्टी नेतृत्वसँग असहमत रहेका विषयलाई पनि उक्त पत्रमार्फत पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराइएको छ। पार्टी परित्याग गरेका आफनो नेताले चलाएको बहसमा भाग लिदाँ प्रश्न उठन सक्ने र कारवाही पनि हुन सक्ने भएकाले त्यसको औपचारिक जानकारी पौडेलको नेतृत्वमा गरिएको हो । उक्त जानकारी पत्रमा पौडेलसहित गंगा श्रेष्ठ, खिमलाल देवकोटा, हिसिला यमी, प्रभु साह, रामचन्द्र झा, रामकुमार शर्मा, देवी खड्कालगायतका करिव ५० जना नेताहरुको नाम समावेश गरिएको छ। भट्टराई निकट मानिएका प्रभु साह उक्त समुहका सहभागी छैनन्।

प्रतिक्रिया