Wednesday 26 Mangshir, 2075 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

नागरिक

नागरिक

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

भण्डारीले बन्दसत्रलाई स्तब्ध पार्दै सोधे- खै हाम्रो लाल किल्ला?

प्रकाश तिमल्सिना, काठमाडौं, पुस २९- माओवादी सशस्त्र युद्धमा बेपत्ता भएका परिवारजनका नेता तथा पूर्वसभासद् एकराज भण्डारीले मोहन वैद्य नेतृत्व नेकपा-माओवादीको जारी महाधिवेशनको बन्द सत्रलाई स्तब्ध पारिदिएका छन्- 'खोइ हाम्रो लाल किल्ला ?' भन्ने प्रसंग उठाएर। नेवाः राज्य समितिका समितिको समूह नेता बनेपछि सोही रात अर्थात् गत शुक्रबार उनले देखेको एउटा सपनाको प्रसंग भण्डारीले बैठकमा सुनाएर स्तब्ध पारेका हुन्।

समय अभावले माओवादीको महाधिवेशन एक दिन लम्बियो

प्रकाश तिमल्सिना, काठमाडौं, पुस २९- नेकपा-माओवादीको जारी महाधिवेशन एक दिनका लागि लम्बिएको छ। आइतबारसम्म भनिएको महाधिवेशनमा समय अभाव भएको भन्दै एक दिनका लागि समय थपिएको विद्यार्थी नेता लेखनाथ न्यौपानेले बताए। नेतृत्व चयन हुन नसकेका कारण एक दिन थप गरिएको उनले बताए।

कांग्रेस-एमालेको निश्कर्ष - सरकार हटाउन प्रभावकारी आन्दोलन

काठमाडौं, पुस २९ (नागरिक)- प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले वार्ता र संवादबाट माओवादी सहमतिमा नआउने निष्कर्ष निकाल्दै आन्दोलन प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका छन्। कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा शनिबार बसेको दुई दलको बैठकले माओवादी सत्ता लम्ब्याउने रणनीतिमा मात्रै रहेकाले आन्दोलनबाट सरकार हटाउने निचोड निकालेको हो।

कोइरालाकै पक्षमा दृढ छौं

एमालेले राष्ट्रिय सहमतिको सरकारका लागि कांग्रेस सभापति सुशील कोइरालाकै पक्षमा आफूहरु दृढ रहेको प्रतिबद्धता जनाएको छ।

कांग्रेस शीर्ष नेताहरुको बैठकमा एमालेले पार्टीको केन्द्रीय कमिटी बैठकमा केही साथीहरुले अरु विकल्प पनि खुला गर्ने कि भन्ने धारणा राखे पनि उम्मेदवारै फेर्ने पक्षमा एमाले नरहेको प्रतिबद्धता जनाएको हो।

‘साथसाथै अरु त्यस्ता केही विकल्प छन् कि विचार विमर्श गरौं भनेर पार्टीका तर्फबाट कुरा राखेका छौं तर हामी कोइरालाकै पक्षमा दृढतापूर्वक खडा छौं,' एमाले उपाध्यक्ष वामदेव गौतमले बैठकपछि संवाददाताहरुसँग भने, ‘उहाँ (कोइराला) कांग्रेसको मात्रै होइन प्रतिपक्षी गठबन्धनकै उम्मेदवार हो।'

कार्यकर्ताले सोधे-जगै छैन, कसरी जनविद्रोह?

प्रकाश तिमल्सिना, काठमाडौं, पुस २९ - नेकपा-माओवादीको जारी महाधिवेशनको बन्द सत्रमा कार्यकर्ताहरूले जनअदालत, आधार इलाका, जनमुक्ति सेना र जनसरकार विघटन भइसकेको भन्दै ‘जनविद्रोहको जग'माथि प्रश्न उठाएका छन्।  अध्यक्ष मोहन वैद्यले पेस गरेको ‘जनयुद्धको जगमा जनविद्रोह' गर्ने प्रस्तावबारे टिप्पणी गर्दै उनीहरूले जनयुद्धको जग नै ध्वस्त भएकाले त्यसलाई आधार बनाउन नसकिने धारणा राखेका थिए। क्रान्तिका लागि नयाँ मोडल प्रस्तुत गर्न पनि उनीहरूले नेतृत्वसँग आग्रह गरेको एक केन्द्रीय सदस्यले बताए। ‘राष्ट्रियता र जनजीविकालाई आधार बनाएर आन्दोलन गर्ने तथा नवसंशोधनवादी र प्रतिव्रिmयावादीको भण्डाफोर गरेर एकैसाथ जानुपर्नेमा उनीहरूले जोड गरेका छन्,' ती नेताले भने।

बिर्खेको लोडसेडिङ्ग डायरी

बिर्खे। न्वारानको नाम। अहिले विक्रम। पढाई मध्यम। कक्षा ४ देखि कमल इज अ शप्किपरबाट अंग्रेजी पढ्न थाल्यो। गाउँको प्राथमिक विद्यालय सक्यो। मट्टीतेल हुँदा बेलुका पढ्न पायो। कहिले दियालो बाल्यो। दिनभरको चकचक। के पढ्नु टुकी र दियालोको धिपधिप उज्यालोमा। निधार खुम्चाएर बल्ल बल्ल अक्षर छिचोल्नु पर्ने। हाई काढ्दै सुत्यो। अहिले हाम्रा छोराछोरीलाई जस्तो 'होमवर्क गर ।

साइकल चढेर कार्यालय आउनूस्

आदरणीय विज्ञ पाठक महोदय, पर्यटन मन्त्रालयको सचिव भएको बेला २००८ को सेप्टेम्बरदेखि २०११ को मे महिनासम्म (सगरमाथा चढ्न टोली लिएर जानुपूर्व) हप्ताको एक दिन साइकलमा आउने/जाने गरेर मैंले धेरै अनुभव संगालेको छु। २०४५ सालताका साइकलमा कार्यालय जाने मेरो कार्यालयको एकमात्र अधिकृत कर्मचारी थिएँ म। त्यसबेला पनि मैले साथीभाइबाट तीव्र आलोचना खेपेको थिएँ। केही सचिवलाई मैंले त्यसबेला पनि एकदिन सँगै साइकलमा सिंहदरबारबाट निस्कौं भनेको थिएँ तर सहयोग पाइनँ।

अमेरिकी सुन्दरी भइन् मिस युनिभर्स (फोटो फिचर)

  • कला
स एन्जलस, पुस ५ (एएफपी) - अमेरिकामा भएको मिस युनिभर्स सौन्दर्य प्रतियोगिता अमेरिकी सुन्दरी ओलिभिया कुल्पोले जितेकी छिन्फिलिपिन्सकी सुन्दरी ज्यान्नी टुगोनोन फर्स्ट रनर अप र भेनेजुएलाकी सुन्दरी इरिन सोफिया एस्सेर क्विन्टेरो सेकेन्ड रनर अप भइन्। चौथो स्थान अस्ट्रेलियाकी सुन्दरीले जितिन् भने ब्राजिली सुन्दरी पाँचौँ भइन्।

रागिनी एमएमएस २ को तयारीमा सन्नी लिओन

  • बलिउड
मुम्बई, पुस ३ (एजेन्सी) - पुजा भट्टको जिस्म २ बाट बलिउड डेब्यु गरेकी इन्डो - क्यानेडियन पोर्नस्टार सन्नी लिओन एकता कपुरको सेक्स-हरर फिल्म रागिनी एमएमएस २ को तयारीमा जुटेकी छिन्।
Subscribe to this RSS feed