Friday 24 Mangshir, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

शरणार्थीको खाद्यान्न कटौती

(0 votes)
काठमाडौं- विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीलाई उपलब्ध गराउँदै आएको खाद्यान्नमा ३० प्रतिशत कटौती गर्ने भएको छ। खाद्यान्न कटौतीका विषयमा प्रभावित शरणार्थीलाई जानकारी दिने काम संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) र नेपाल सरकारमार्फत भइरहेको डब्लुएफपीले जनाएको छ।
nepali-patro-june
'शरणार्थी समुदायलाई पूर्ण रासनसहितको सहयोग पुर्यायउन सम्भव बनाउने हाम्रा दाताप्रति कृतज्ञ छौं,' सोमबार जारी विज्ञप्तिमा डब्लुएफपीकी राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले भनेकी छन्, 'विश्वभरि देखापरेका नयाँ र विशाल शरणार्थी संकटका कारण सीमित दातृ सहयोगमा प्रतिस्पर्धा रहेकाले हामीले घट्दो स्रोतलाई लामो समयसम्म परिचालन गर्न यो कठिन निर्णय लिनुपरेको हो।'

विज्ञप्तिमा सबैभन्दा कमजोर अवस्थामा रहेका शरणार्थीको पोषणजन्य अवस्थालाई संरक्षण गर्न, विधवा, काम गर्ने उमेरका पुरुष नभएका परिवारका महिला, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, ६ महिनादेखि ५ वर्षका बालबालिका र आफ्ना अभिभावकबाट छुट्टिएका वा वयस्कका साथमा नरहेका बालबालिकालाई पूर्ण रासन निरन्तर उपलब्ध हुने जनाइएको छ। 'गर्भवती र सुत्केरी, ६ महिनादेखि ५ वर्षका बालबालिका, एचआइभी/एड्स र क्षयरोगका बिरामीका लागि अतिरिक्त पोषण सहयोगले पनि निरन्तरता पाउनेछ,' डब्लुएफपीले उल्लेख गरेको छ।

जोखिमको मापदण्डमा नपर्ने शरणार्थीले भने सन् २०१६ को प्रारम्भदेखि हालसम्म पाइरहेको रासनको ७० प्रतिशत प्राप्त गर्नेछन्। कम गरिने खाद्य वस्तुका बारेमा हाल शरणार्थीका प्रतिनिधिहरूसँग छलफल भइरहेको डब्लुएफपीले जनाएको छ।

भुटानबाट नेपालमा शरणार्थी आउने क्रम सन् १९९० को दशकमा सुरु भएको हो। हाल करिब १९ हजार शरणार्थीले डब्लुएफपीबाट खाद्यान्न सहयोग प्राप्त गरिरहेका छन्। युएनएचसिआरको नेतृत्वमा सञ्चालित कार्यक्रममार्फत एक लाख शरणार्थीलाई तेस्रो मुलुक विशेष गरी अमेरिकामा पुनर्वास गरिएको छ। पुनर्वास कार्यक्रम सन् २०१६ मा पनि निरन्तर रहनेछ।

प्रतिक्रिया