Monday 10 Shrawn, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

ताप्लेजुङमा 'आपराधिक' समुह, ठूलो परिमाणमा हातहतियार बरामद

(0 votes)
ताप्लेजुङ–हतियारधारीहरुको समुह बनाई पूर्वी नेपालका बिभिन्न जिल्लामा सशस्त्र गतिविधि गर्दै आएको हाराहाङ भनिने देउकुमार लाबुङ नेतृत्वको टोली कुनै राजनीतिक संगठन नभएको प्रहरीले बताएको छ।
nepali-patro-june

यो समुहको आश्रय स्थलमा कब्जा गरी हतियार र बिष्फोटक पर्दाथ सहित आबद्ध एक महिलालाई नियन्त्रणमा लिन सफल भएको ताप्लेजुङ प्रहरीले शनिबार पत्रकार सम्मेलन मार्फत उक्त समुहलाई 'अपराधिक'समुह घोषणा गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, डिएसपी शान्तिराज कोइरालाले यो समुहका नाईके ताप्लेजुङ ईखावु ४ का हाराहाङ ज्यान मार्ने उद्योग देखि हातहतियार खरखजानाका १० वटा मुद्दाका फरा अभियुक्त रहेको बताए ।

Pakrau-Taplejung 2

पक्राउ परेकी महिला र हाराहाङको आश्रयस्थलमा फेला परेका हतियार सहितका सामाग्री सार्वजनिक गर्दै ताप्लेजुङ प्रहरी ।

'अपराधिक घटनाका दश भन्दा बढी मुद्याका फरार अभियुक्तको नेतृतवमा चलेको संगठनलाई राजनीतिक भन्न'डिएसपी कोइरालाले भने'यो समुहमा आवद्ध अधिकतरको बिगतको पृष्ठभूमी अपराधिक भएकोले त्यसलाई राजनीतिक संगठन भन्न मिल्दैन'। कोइरालाले यो समुहले स्थानीयलाई राजनीतिक संगठनको भ्रम छरेर संगठिग गर्दै आएकोले प्रहरी त्यसलाई चिर्ने अभियानमा लागेको बताए । उनका अनुसार प्रहरीले हाराहाङ एक्लैलाई ज्यान मार्ने उद्योगका दुई,हात हतियार तथा खरखजनाका दुई,बम तथा बिष्फोटक पर्दाथका तीन,डाँका मुद्दा दुई र नागरिकता किर्तेको एक गरी दशवटा मुद्याको दोषी ठानेको छ । आश्रय स्थलमा चलाएको कारवाहीमा फेला पारेका हातहतियार तथा अन्य सामाग्रीका आधारमा पक्राउ भएका महिलासहित हाराहाङ मुख्य दोषी ठानी प्रहरीले हातहतियार तथा खरखजनाको थप एक मुद्या दर्ता गर्ने भएको छ । 'अव फरार प्रतिवादी हाराहाङ ११ वटा मुद्दा हुनेछन्,' डिएसपी कोइरालाले भने'पक्राउ भएकी महिलालाई पनि हातहतियार तथा खरखजनाको मुद्या चलाईने छ ।' प्रहरीले हाराहाङको आश्रय स्थलमा चलाइएको कारवाहीमा सान्थाक्रा गाविसकी ३३ वर्षीया मनकुमारी चोङवाङलाइ मोटो परिमाणको हातहतियारसहित पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी कोइरालाका अनुसार ईखावु गाविस-४ को जोरपानी चौरी खर्कमा बनाइएको सेल्टरबाट चारवटा भरुवा बन्दुक,एकथान पेस्तोल,त्यसको म्याजिन र गोली एकथान, एकथान कटुवा पेस्तोल,तार जडित तीन थान पाईप बम, बिजुलीका तार,तीनथान मोवाईल र भूमिगत संगठनका केहि दस्तावेज र झण्डा समेतका सामाग्री बरामद गरेको छ । यि सामाग्री र पक्राउ परेकी महिलालाई शनिबार प्रहरीले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रतिक्रिया