×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 12 Baishak, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

मधेसी मोर्चाको नाराबाजीपछि संसद् बैठक स्थगन

(0 votes)
काठमाडौँ-तराई मधेस केन्द्रित राजनीतिक दलले व्यवस्थापिका–संसद्को आजको बैठक अवरुद्ध गरेका छन्।
थरुहट तराई पार्टीका सांसद गोपाल दहितले नयाँ संविधानले तराई मधेसको समस्या समाधान गर्न कुनै चासो नदिएको भन्दै सदनको कारबाही चल्न नसक्ने बताउनुभएपछि तराई मधेस केन्द्रित दलका सांसदले नाराबाजी गर्दै संसदको कारबाही चल्न नसक्ने भन्दै नाराबाजी गरे।

सभामुख ओनसरी घर्तीले पटक–पटक आसन ग्रहण गर्न सांसदलाई आग्रह अग्रह गरेपनि नाराबाजी कायम रहेका कारण उनले बैठक स्थगन गरे। तराई मधेसको माग सम्बोधन गर्न तत्काल संविधान संशोधन गर्नुपर्ने, सङ्घीय प्रदेशको सीमाङ्कनलगायत विषय सच्याइनुपर्ने उनीहरूको माग थियो।

यसरी माग गर्ने दलमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, सद्भावना पार्टी, थरुहट तराई पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक मञ्च थरुहट, नेपाली जनता दललगायत छन्। लगातारको नाराबाजीपछि सभामुख घर्तीले व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी मङ्सिर ६ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको जानकारी गराइन्। रासस

प्रतिक्रिया